निस्कासित कर्मचारीलाई पुनर्वहाली गरेपछि बन्द फिर्ता लिईयो

कालेबुङ, 2 सितम्बर। दार्जीलिङ जिल्ला सहकारी ब्याङ्कका कर्मचारी एलपी मुखियालाई कार्यबाट निस्काशित गरेको बिरोधमा जनमुक्ति कर्मचारी संगठनले ढाकेको अनिश्चितकालीन सहकारी ब्याङक हडतालले निस्कासित एलपी मुखियाको नोकरी बाँचेको। बिब्गागले तिनलाई कार्यावधी लापारवाही गरेको आरोपमा 2006 देखिनै निलम्बन गरेको थियो भने 23 जुलाईको दिन पूर्णरुपले कार्यबाटनै निस्कासित गरेको थियो। जसको बिरोध गर्दै जकसले ब्याङक बन्दको घोषणा गरेर सडकमा उत्रेको दुईदिनपछि बिभागले तिनको निस्कासित पत्र फिर्ता लिने भएको छ। उक्त बिषयलाई लिएर शनिबार यहाँको महकुमा कार्यलयमा संगठनका प्रतिनिधीहरु संग बिभागीय अधिकारीवैगले बैठक गरेर निस्कासित कर्मचारीलाई कार्यमा पुनर्वहाली गर्ने बताएपछि संगठनले बन्द पनि फिर्ता लिएको छ। उक्त बैठक 3 बजे बेलुकी शुरु भएको थियो भने लकभग 9 घण्टा लामो चलेको थियो। बैठकमा दुवै पक्षमाझ निकै तर्का तर्की भएपछि अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा दलबल सहित महकुमा कार्यलय पुगेकी थिईन। नोकरीबाट निष्कासित सहकारी ब्याङ्‌कका कर्मचारी एलपी मुखियालाई नोकरीमा पूर्नबहाल गर्नुपर्ने विषयमा डिपुटी मेजिट्रेट-डिपुटी कलेक्टर जनमुक्ति कर्मचारी सङ्गठन, अनि व्यङ्‌कका अधिकारीहरूीच लकभग 9 घण्टासम्म तर्का-तर्की भएको थियो। अन्तमा उक्त बहसपछि ब्याङ्‌क पक्षबाट मुखियाको निष्कासन निर्देश लिखित रुपमा फिर्ता गरियो। निस्कासित कर्मचारी मुखियाको निस्कासित पत्र लिखित रुप्मा खारेज गरेको सन्दर्भमा संगठनका अध्यक्ष खडक बिक्रम सुब्बाले यो सङ्गठन अनि  सत्यको जीत हो भनि दाबी गरे। तिनले कर्चारीलाई बिभागले बिनाकारण आरोप लगाएर कार्यबाट निस्कासित गरेको बताउँदै यो पीडीत कर्मचारीसितै जनताको जीत हो भनि तिनले अझ बताए। बिभागीय अधिकारीवर्गले निस्कासित पत्र फिर्ता लिएको कारण सोमबारदेखि जीटीए क्षेत्रभरिका खण्डहरूमा  रहेका   आठवटा दार्जीलिङ केन्द्रिय सहकारी ब्याङ्‌क बन्द फिर्ता लिएको पनि जानकारी गराएका छन।

दार्जीलिङ जिल्ला सहकारी ब्याङ्कका कर्मचारी एलपी मुखियालाई कार्यबाट निस्काशित गरेको बिरोधमा जनमुक्ति कर्मचारी संगठनले ढाकेको अनिश्चितकालीन सहकारी ब्याङक हडतालले

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.