मङपूमा संगीत अनि नृत्य प्रशिक्षण केन्द्र शुरु हुने

मङपू११जुलाई(केशर मोक्तान)  अब मङपूमा  पनि नृत्य – संगीत केन्द्र खोल्न गइरहेको छ | यहाँका मानिसहरु इच्छा हुँदा हुँदै पनि नृत्य – संगीत सिक्न सक्दैन थिए किन कि यहाँ यस्तो कुनै नृत्य एवम संगीतको प्रशिक्षण केन्द्रहरु थिएनन् | खर्च ज्यादै हुनाले यहाँ देखि बाहिर दार्जीलिंग, कालेबुंग, खरसांग अनि सिलिगुडी गएर सिक्न सबैलाई चर्को पर्दथ्यो , | जसको आर्थिक अवस्था राम्रो छ उनीहरुले गाडी भाड़ा खर्च गरेर भए पनि यस्तो सांगीतिक ज्ञान हासिल गर्दथे | तर ज्यादातर इच्छा हुँदा हुँदै पनि बाहिर गएर यस्तो  शिक्षा लिन बन्चीत रहन्थे | यहाँ यस्तो कला प्रेमीहरुको भण्डार छ तर सिकाउने केन्द्रको अभावले गर्दा तिनीहरुको कला फस्टाउन नसकेर आफूमै सिमित भएर बसेको छ | यिनीहरुलाई सही ज्ञान शिक्षा र निर्देशन भए भविष्यमा गएर राष्ट्रिय स्तरको “ रियालिटी सो “ हरुमा आफ्नो हुनर देखाउन सक्षम बन्नेछ अनि गोर्खा जातीको नाम उज्ज्वल पार्नेछ | यसै कारण मंग्पू र यस ठाउँसित सम्बन्धित क्षेत्रबासीहरुको लागी “सुमिकल फाउन्डेशन “ ले आगामी अगस्त महीना देखि रेशेप बजारमा  नृत्य संगीत केन्द्र खोलिरहेको छ जहाँबाट सबैले नृत्य एवम संगीत विधामा उचित मूल्यमा सिक्न सक्नेछन् | उक्त जानकारी सुमिकल फाउन्डेशनको सचिव प्रयास योन्जनले दिएका छन् |

अब मङपूमा पनि नृत्य – संगीत केन्द्र खोल्न गइरहेको छ | यहाँका मानिसहरु इच्छा हुँदा हुँदै पनि नृत्य – संगीत सिक्न सक्दैन थिए किन कि यहाँ यस्तो कुनै नृत्य एवम संगीतको प्रशिक्षण केन्द्रहरु थिएनन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.