डी के वाइबा,
कालेबुङ: आगमी 29 जुलाईको दिन हुने जीटीए चुनाउमा निर्बिरोध बिजयी हुने गोजमुमो
पार्टीका चारजना प्रार्थीहरुलाई आज महकुमा आधिकारी एल एन शेर्पाले परिणाम पत्र
दिएर बिजय भएको औपचारिक घोषणा गरे। यस अवसरमा महकुमा अधिकारी शेर्पाले 34 नम्बर होम्स
भालुखोप समष्टिबाट निमा तमाङ, 35 नम्बर बोङ दुर्बिन समष्टिबाट सुनिल प्रधान, 36 नम्बर डुङग्रा पुदुङ
समष्टिबाट अवकाशप्राप्त कर्णल रमेश आले अनि 39
नम्बर रम्फु मन्सोङ समष्टिबाट गोपाल रुचाललाई बिजय बनेको प्रमाण पत्र दिए। यस
अवसरमा तिनले सबै प्रार्थीहरुलाई चुनाउअ चिन्ह पनि प्रदान गरेका छन। कालेबुङ
महकुमाको बिभिन्न समष्टिहरु मध्ये 4 वटा
समष्तिबाट निर्बिरोध बिजयी बनेका प्रार्थीहरुलाई महकुमा अधिकारी शेर्पाले परिणाम
पत्र प्रदान गरेपछि कार्यलय बाहिर भेला भएका मोर्चा समर्थकहरुले बिजयी
प्रार्थीहरुको नाममा जिन्दाबादको नाराबाजी लगाउँदै बिजय उत्सव समेत पालन गरेका
थिए। यता यस सम्बन्धमा पत्रकारहरुसित कुराकानी गर्दै महकुमा अधिकारी एल एन
शेर्पाले कालेबुङ महकुमा क्षेत्रको 13 वटा सिटहरु मध्ये 4 वटा सिटहरुमा गोजमुमो
पार्टीका प्रार्थीहरु निर्बिरोध बिजयी बनेको जानकारी दिदै रहल 9 वता सिटहरुमा भने
चुनाउ हुने बताएका छन। उक्त सिटहरुमा मोठ 19 जना प्रार्थीहरु रहेको बताउँदै अब यस
बिषयमा पुलिस प्रशासन संग बैठक गरेर चुनाउको निम्ति अतिरिक्त फोर्स तैनाथ गर्ने
पनि तिनले जानकारी दिएका छन। यसै सिलसिलामा तिनले तृणमूल कङ्ग्रेस पार्टीको आफ्नो
चुनाउ चिन्ह पहिल्यैबाट भएको कारण तिनीहरु घाँसको पातमा दुईवटा फूलको नक्सा लिएर
चुनाउमा लडने बताएका छन भने गोजमुमो पार्टीको निम्ति भन पार्टीकै अनुरोधमा झुल्के
घामको चिन्ह रहेको बताएका छन। अर्कोतिर कालेबुङमा एकमात्र रहेका निर्दलीय प्रार्थी
सञ्चबिर सुब्बाको निम्ति भने गुड्डी चुनाउ चिन्ह रहेको तिनले थप जानकारी दिएका छन।
निर्बिरोध बिजयी बन्ने प्रार्थीहरुलाई परिणाम पत्र बितरण
13Jul2012
Post a Comment