जीटीए चुनाउ: निम्बोङ गितडाब्लिङ समष्टिमा सबैको ध्यान केन्द्रित, कसलाई चुन्ने जनताले ?

बिशेष प्रतिनिधी,कालेबुङ, 28 जुलाई। गोर्खा जनमुखि मोर्चाले ल्याएको जीटीएमा मोर्चा प्रमुख बिमल गुरुङले खडा गरेको 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिका प्रार्थी कल्याण देवानलाई मोर्चाकै क्षेत्रीय नेता सञ्चबीर सुब्बाले निर्दलीय प्रार्थीको रुपमा खडा भएर चुनौति दिए पछि अब प्रार्थीहरुको भाग्य निर्धारण जनताको हातमा रहेको छ। मोठ 18 वटा बुथहरु रहेको उक्त समष्टिमा 1 हजार 5 सय 61 जना मतदाताहरुले भोलि ईलेक्ट्रोनिक भोटिङ मेसिनमा प्रार्थीहरुको भाग्य बन्द गरिदिनेछ। जीटीएको 45 वटा समष्टिहरु मध्ये यस समष्टिमा त्रिकोणीय लडाई हुनेछ। त्रिणमूल कङ्ग्रेसबाट ब्रुनो लेप्चा चुनावी मैदानमा रहेका छन तर तृणमूल हाईकमाण्डले चुनाउ नलड्ने घोषणा गरेको कारण तिनी भएर पनि नभए बराबर छन। जसको कारण अहिले कल्याण देवान अनि सञ्चबीर सुब्बा माझ जीटीए चुनाउको फाईनल खेला हुन लागेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनलाई अघि बडाएर दार्जीलिङ पहाडमा गोरामुमो प्रमुख सुवास घिसिङको एकक्षत्र शाषण समाप्त गर्ने बिमल गुरुङलाई अहिले आफ्नै पार्टीका क्षेत्रीय नेता सञ्चबीर सुब्बा टाउको दुखाई बन्न पुगेको छ। बिशेष जीटीए चुनाउलाई लिएर मोर्चा प्रमुख बिमल गुरुङले स्थानीय जनताको चाहनालाई लत्याएर 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा कल्याण देवानलाई प्रार्थी बनाएपछि रुष्ट बनेका सञ्चबीर सुब्बाले पार्टीको आदेशलाई कुनै वास्ता नगरी निर्दलीय प्रार्थीको रुपमा नामाङकन पत्र दर्ता गरेपछि अहिले मोठ 45 वटा सिटहरु मध्ये सबैको ध्यान केवल 41 नम्बर समष्टिमा केन्द्रित बनेको छ। मोर्चाले जीटीए चुनाउमा मोठ 17 वटा सिटहरुमा प्रतिद्वान्द्विता गर्नुपर्ने भए पनि 16 वटा सिटहरुमा केवल चुनाउको औपचारिकता मात्र हुने भएको छ तर, निर्दलीय प्रार्थी सञ्चबीर सुबा संग भने मोर्चाको कडा टक्कर हुने भएको छ। दार्जीलिङ पहाडमा बिपक्षी पार्टीको भूमिका निर्वाह गर्दै आईरहेका सबै राजनैतिक दलहरुले जीटीए चुनाउलाई बाईपास दिएर मोर्चालाई चुनाउको निम्ति बाटो सफा पारिदिएको समयमा मोर्चाकै क्षेत्रीए नेताले भने आफ्नै पार्टीको आदेश समेत नमानेर निर्दलीय प्रार्थीको रुपमा खडा बनेपछि अहिले घरी मोर्चालाई सय प्रतिशत सिटहरुमा बिजय बन्ने सपना पुरा हुन निकै कठिन पर्ने भएको छ। बिभागले भोलि गराउने चुनाउलाई लिएर सम्पूर्ण बुथहरुमा सुरक्षा कर्मीहरु संगै चुनाउ अधिकारीहरु पठाईसकेको छ। अब केवल जनताले लोकतान्त्रि प्रक्रिया अनुरुप जनप्रतिनिधी चयन गर्नु रहेको छ। तर यस्तो समयमा पहाडमा शक्तिशाली मानिने मोर्चालाई चुनौति दिने सञ्चबीर सुब्बा अनि तिनका समर्थकहरुले के स्वतन्त्ररुपले आफ्नो मतदान प्रयोग गर्न पाउँला भन्ने प्रश्न उत्तरबिहिन अल्झेको छ। कालेबुङ थाना सूत्रले बताए अनुसार 41 नम्बर समष्टिमा सहीरुपले अनि स्वच्छ चुनाउ हुन दिन सुरक्षा कर्मीको संख्या व्यापक गरिएको छ। एएसपी सोङ्‌मित लेप्चाले बताए अनुसार सुरक्षा कर्मीहरूले क्याम्प लगाउन शुरु गरेका छन्‌। एक बटालियन र्‍याफका जवानहरू पनि झिकाइएको छ। तिनी अनुसार चुनाउको दिन कुनै पनि असुविधा उत्पन्न हुन दिइने छैन। यसै कारण नै सुरक्षा कर्मीहरूलाई तैनाथ गरिएको छ। यता अर्कोपक्षबाट बुथ क्याप्चरिङ हुने, मतदान स्वच्छ नहुने शंका चलिरहेकोले सञ्चबीर सुब्बासित कुरा गर्दा तिनले प्रशासन हुँदाहुँदै यस्तो स्थिति नहुने आशा प्रकट गरेका छन्‌। 41 नम्बर समष्टिमा स्वच्छ चुनाउ गराउने जिम्मा प्रशासनको हातमा छ। यता प्रशासन पनि पूर्ण तयारीमा जुटेको छ। एकजना डीएसपीलाई पनि तैनाथ गरिएको छ जानकारी प्राप्त भएको छ। चुनाउलाई शान्तिमय राख्नको निम्ति 6 वटा सुरक्षा सेक्टर राखिएको खबर प्राप्त छ भने मोबाइल, हेबी मोबाइल र जोन मोबाइल्स पनि तैनाथ गरिएको छ। अहिले पुलिस प्रशासनको ध्यान केवल 41 नम्बर समष्टिमा रहेको छ अनि चुनाउलाई पूर्णरुपले सफल बनाउँन प्रशासनको भूमिका खुबै मह्त्वपूर्ण रहेको छ।

गोर्खा जनमुखि मोर्चाले ल्याएको जीटीएमा मोर्चा प्रमुख बिमल गुरुङले खडा गरेको 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिका प्रार्थी कल्याण देवानलाई मोर्चाकै क्षेत्रीय नेता सञ्चबीर सुब्बाले निर्दलीय प्रार्थीको रुपमा खडा भएर चुनौति दिए पछि अब प्रार्थीहरुको भाग्य निर्धारण

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.