मङपूमा शहीद कप फूटबल शुरु हुने

मङपू:३०जुलाई(केशर मोक्तान) प्रत्येक  बर्ष झैँ यस बर्ष पनि मङपू बिभाग खेलकुद संघको तत्वाधानमा स्थानीय जनमैदानमा अगामी  9 अगस्ट देखि शहीद कप फूटबल शुरु हुने भएको छ|आज प्रेमछिरिंग भुटियाको अध्यक्षतामा सम्पन्न भएको मङपू बिभाग खेलकुद संघको सभामा उक्त निर्णय लिएको जानकारी संघको पक्षमा बुद्धकुमार थापाले दिएका छन्|सभामा समितिका पूर्वसभापति बुद्ध थापाको आकस्मिक निधन भएकोमा उक्त रिक्त पदमा उपसभापति प्रेम छिरिंग भुटियालाई संघको सभापतिको पदमा चयन गरियो|अगामी ९ अगस्त देखि शुरु हुने त्यस फूटबल प्रतियोगितामा विजय दललाई नगद राशी २२ हजार र पराजय दललाई ११ हजार रूपिया दिने आजको सभामा निर्णय लियो|उक्त शहीद कप फूटबल प्रतियोगितामा भाग लिन चाहने दलहरुले भर्ना शुल्क ७०१ रु लिएर समिति कहाँ  झट्टै सम्पर्क गर्ने जानकारी संघका सभापतिले दिएका छन्| संघका सचिव प्रवेश गुरुङले संचालन गरेको सभामा सुजम छेत्री, लिलाबहादुर छेत्री,मुकेश थापा,अजय राई र बुद्ध कुमार थापाले पनि सभालाई सम्बोधन गरे|

प्रत्येक बर्ष झैँ यस बर्ष पनि मङपू बिभाग खेलकुद संघको तत्वाधानमा स्थानीय जनमैदानमा अगामी 9 अगस्ट देखि शहीद कप फूटबल शुरु हुने भएको छ

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.