जीटीए सम्झौता दिवसलाई टास्क फोर्सले कालो दिवसको रुपमा पालन गर्ने

डी के वाइबा: कालेबुङ १६ जुलाई: एकातिर दार्जीलिङ पहाडमा जीटीए चुनाउको ज्वरो चडेको छ भने अर्कोतिर गोर्खाल्याण्ड टास्क फोर्सले जीटीएको बिरोध गर्दै कालोदिवस पालन गर्ने घोषणा गरेको छ। गोर्खाल्याण्ड टास्क फोर्सले आगमी १८ जुलाईको दिन जीटीए सम्झौता दिवसलाई कालो दिवको रुपमा पालन गर्ने घोषणा गरेको छ। टास्क फोर्सका राष्ट्रिय समन्वयक आर मोक्तानले आज यहाँको भारतिय गोर्खा परिसंघको कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै टास्क फोर्सले जीटीए सम्झौतालाई भारतभरि छरिएर बसेका गोर्खाहरुको निम्ति घातक रहेको बताउँदै यसलाई कालोदिनको रुपमा पालन गर्ने जानकारी दिए। “जीटीए गोर्खाहरुको समस्या समाधान होईन| यासले भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा प्रदान गर्दैन| यहाँ जीटीएलाई लिएर गलात प्रचार भईरहेको छ। दार्जीलिङ पहाडको समस्या जीटीएले समाधान भयो भनेर हाल्ला पिट्ने कामको हामी बिरोध गर्छौ। सोहि कारण भारत भरी छरिएर बसेका गोर्खाहरुको बिरुद्धमा सम्झौत गरिएको जीटीएको सम्झौत दिवसलाई हामी कालो दिवस भनेर पालन गर्नेछौं|” – आर मोक्तानले भने। तिनले उक्त दिन कालो दिवसको रुपमा जीटीए सम्झौताको बिरोध गर्दै भारतको मोठ २२ वटा राज्यहरुमा नै थुप्रै राजनैतिक दलहरुको मञ्च टास्क फोर्स अनि भागोपले कालोदिवस पालन गर्दै जीटीएको बिरुद्धमा ब्यापक पोष्टरिङ गर्ने थप जानकारी गराएका छन्। यसै क्रममा तिनले भानु जयन्तिको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ पहाडलाई जीटीएको माध्यमबाट बिकास गरे यहाँका मानिसहरु बाहिर भिख माग्न जानुपर्दैन भन्ने वकतब्यको बिरोध गर्दै गोर्खाहरु भिखारी होईनन भन्दै मुख्यमन्त्रीको उक्त वकतब्यको टास्क फोर्सले घोर बिरोध गर्दछ भने। गोर्खाहरुले आजसम्म कसैलाई भिख मगेर खाएको छैन भन्दै बिनाकारण भिखारी भन्ने मुख्यमन्त्रीले आफ्नो वक्तब्यलाई फिर्ता लिनुपर्ने माग गरेका छन्।

एकातिर दार्जीलिङ पहाडमा जीटीए चुनाउको ज्वरो चडेको छ भने अर्कोतिर गोर्खाल्याण्ड टास्क फोर्सले जीटीएको बिरोध गर्दै कालोदिवस पालन गर्ने घोषणा गरेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.