तृणमूल कङ्ग्रेस अनि गोजमुमो एउटा सिक्काको दुई पाटा हुन् – समन पाठक

डी के वाइबा: कालेबुङ १६ जुलाई: आज अचानका कालेबुङ आईपुगेका राज्यसभा पुर्वसांसद समन पाठकले पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो अनि तृणमूल कङग्रेस एउटा सिक्काको दुईवटा पाटा हुन भनेका छन्। तिनले पत्रकारहरुले सोधेको प्रश्नको एउटा प्रश्नको जवाब दिदै उक्त आरोप लगाएका हुन्। हाल दार्जीलिङ पहाडको शक्तिशाली राजनैतिक दल मानिने गोजमुमो अनि तृणमूल कङग्रेसको राज्य स्तरको नेताहरुसित गहिरो सम्बन्ध रहेको बाताउँदै यहाँ जीटीएको चुनाउमा तृणमूल कङग्रेसले भाग लिनु वास्तवमा नाटक मात्र हो भनि तिनले जनाएका छन्। यसै क्रममा तिनले माकपा पर्टीले जीटीए चुनाउमा भाग नलिनुको कारण बताउँदै चुनाउको निम्ति नामाङकन दर्ता गर्ने नेताहरुलाई अप्रत्यक्ष रुपले धम्कि दिएर मानसिक दबाऊ दिने कार्य भएकोले माकपाका पार्टीले चुनाउमा भाग नलिएको पाठकले थप जानकारी गाराए। पहाडमा शान्ति सुरक्षा अनि गणतन्त्र हुनपर्छ भन्ने पक्षमा संधै माकपा रहेको बाताउँदै तर, गणतन्त्रको भने पहाडमा हत्या भएको तिनले आरोप लगाएका छन्। यस सम्बन्धमा तिनले प्रशासनको भुमिका माथि पनि प्रश्न उठाउँदै प्रशासनले पनि निस्पक्ष बनेर कार्य नगरेको आरोप लगाएका छन्।

आज अचानका कालेबुङ आईपुगेका राज्यसभा पुर्वसांसद समन पाठकले पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो अनि तृणमूल कङग्रेस एउटा सिक्काको दुईवटा पाटा हुन भनेका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.