निर्बिरोध बिजयी हुनेहरुले भन्यो बिकाश नै पहिलो मुद्दा

डी के वाइबा, कालेबुङ 11 जुलाई: गोजमुमो पार्टीले 44 महिना आन्दोलन गरेर ल्याएको उपलब्धि जीटीएको चुनाउ हुन अघि नै मोर्चालाई चुनानौति दिन उत्रिएका प्रार्थीहरुले नामाङकन पत्र फिर्ता लिन थालेपछि प्राय: मोर्चा सबै सिटहरुमा निर्बिरोध बिजयी हुने छाँट देखा परेको छ। कालेबुङबाट आज तृणमूल कङ्ग्रेसले आत्म समर्पण गर्न सुरु गरेको छ भने चुनाउ अघि बाघ जस्तै गर्जिने माकपाले पनि नामाङकन पत्र फिर्ता लिएर गोज्मुमो पार्टीलाई वाकओभर दिएको छ। सोहि क्रममा कालेबुङबाट राष्ट्रिय जनाधिकार सुरुक्षा पार्टीका एकमात्र प्रार्थीले पनि हात उठाएर मोर्चा अघि आत्मसमर्पण गरेको छ। यस्तो परिस्थितामा अब चुनावी मैदानमा कालेबुङ महकुमा क्षेत्रको 13 वटा समष्टिहरु मध्ये 9 वटा समष्टिबाट तृणमूल प्रार्थीहरु छन भने एक जना निर्दलीय प्रार्थीको रुपमा मोर्चालाई चुनौति दिन ओर्लिएका छन। यद्यपी अहिले सम्म मैदान बाहिर जर्सी लगाएर वार्मअप गरिरहेका उक्त प्रार्थीहरुले पनि मोर्चालाई अन्तिम क्षणमा हात उठाएर चुनाउलाई बाईपास गराउँने सम्भावना रहेको छ। यता अहिले सम्म चुनावी मैदानमा निर्बिरोध बिजयी बनेका कालेबुङका चारजना प्रार्थीहरु क्रमैले युवा मोर्चा अध्यक्ष सुनिल प्रधान, युवा मोर्चा सचिव निमा तामाङ, लेबर युनियनका अध्यक्ष गोपाल रुचाल अनि पूर्व सैनिक मोर्चाका अध्यक्ष रमेश आलेले भने बिकाशलाई पहिलो प्राथमिकता दिने घोषणा गरेका छ। दार्जीलिङ पहाडमा बड्दो बेकारी समस्या अनि आधारभूत कुराहरुको बिकाश गर्ने नै जीटीए गोजमुमो पार्टीले स्वीकार गरेको बताउँदै जीटीएको माध्यमबाट बिकाशको मूल फुटाउँने युवा मोर्चा निमा तामाङले बताएका छन। तिनले बिगत अस्सिको दशकमा गोरामुमो नेता सुबास घिसिङले युवाहरुलाई केवल आन्दोलनको निम्ति प्रयोग मात्र गरेको बताउँदै अहिले गोज्मुमो पार्टीले भने युवाहरुलाई धेर अवसर दिएको दाबी गर्दै युवाहरुको समस्या साथै क्षेत्रको बिकाशलाई आफुहरुले पहिलो प्राथमिकता दिएर कार्य गर्ने दाबी गरेका छन। यसै सिलसिलामा अर्का निर्बिरोध बिजयी बनेका लेबर युनियनका अध्यक्ष गोपाल रुचालले सिन्कोना बगानका मजदुरहरुको आधारभूत समस्याहरु जीटीएको माध्यमबाट समाधान गर्नको निम्ति मोर्चाले कार्य गर्ने दाबी गरेका छन। दार्जीलिङ पहाडमा अनेकौ यस्ता बिकाशको निम्ति समभाब्यताह्रु रहेको बताउँदै ती सम्भाब्य बस्तुहरुलाई मोर्चाले प्रयोग गरेर क्षेत्रको बिकाश गर्ने तिनले थप जानकारी दिएका छन्। सोहिक्रममा अवकाशप्राप्त कर्णल रमेश आलेले पनि क्षेत्रको बिकाशमा आफुले ईमान्दारपूर्वक कार्य गरेर उदाहरण नै कायम गर्ने जनाएका छन। मानिसहरुले बिगत दिनहरुमा दागोपापलाई हेरेर जीटीए पनि सोहि प्रकारको हुनेछ भनेर आरोप लगाईरहेको सन्दर्भमा बिल्दै जीटीएले दागोपापको तुलनामा अनेकौ बिकाश कार्यहरु गर्ने ठोकुवा गरेका छन। यता सिनिल प्रधानले पनि मानिसहरुको समस्या समाधान गरेर क्षेत्रको बिकाश कार्य गर्ने दाबी गर्दै जीटीएको माध्यमबाट दार्जीलिङ पहाडको नक्सा परिवर्तन हुने दाबी गरे।

गोजमुमो पार्टीले 44 महिना आन्दोलन गरेर ल्याएको उपलब्धि जीटीएको चुनाउ हुन अघि नै मोर्चालाई चुनानौति दिन उत्रिएका प्रार्थीहरुले नामाङकन पत्र फिर्ता लिन थालेपछि प्राय: मोर्चा सबै सिटहरुमा निर्बिरोध बिजयी हुने छाँट देखा परेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.