पेदोङ समष्टिबाट दावा लेप्चा जीटीए चुनावको उम्मेद्वार रहेको बिमल गुरुङले गरे घोषणा


 डी के वाइबा,  कालेबुङ 3 जुलाई: जीटीए चुनाउको निम्ति गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङबाट सोमबार दिपेन मालेलाई पार्टीको पहिलो उम्मेद्वार घोषणा गरेपछि आज कालेबुङको डेलोबाट 40 नम्बर पेदोङ समष्टिको उम्मेद्वार दावा लेप्चाको नाम मोर्चा प्रमुख बिमल गुरुङले सार्वजनिक गरे। तिनले चुनाउ आचार सहिता लागु भएअ\पछि प्रथमपल्ट पार्टीको खुल्ला जनसभालाई सम्बोधन गर्दै दावा लेप्चालाई पेदोङ समष्टिबाट पार्टीले जीटीए चुनाउको निम्ति टिकट दिएको घोषणा गर्दै यो लेप्चा समुदायका मानिसहरुको निम्ति गहना हो भनि बताए।

मोर्चा प्रमुख बिमल गुरुङले दावा लेप्चाको नाम सार्बजनिक गरेपछि मोर्चा समर्थकहरुले बिमल गुरुङ जिन्दाबाद, दावा लेप्चा जिन्दाबादको नाराबाजी समेत लगाए। पार्टीले तिनको उम्मेद्वारिता घोषणा गरेपछि दावा लेप्चालाई मोर्चा सहसचिव बिनय तामङ लगायत पार्टी कार्यकर्ताहरुले खदा लगाएर बधाई समेत दिए। यस अवसरमा तिनलाई पार्टी कार्यकर्ताहरुले बोकेर केहिबेर सम्म नाराबाजी लगाउँदा चुनाउ जितेर बिजयी बनिसकेको जस्तै माहौल बनेको थियो।

डेलोबाट मोर्चा प्रमुख बिमल गुरुङले दावा लेप्चाको नाम सार्वजनिक गर्न अघि दार्जीलिङबाट एकजनाको नाम सार्वजनिक भईसकेको छ अनि कालेबुङबाट एकजनाको नाम सार्वजनिक गर्नु कि नगर्नु भनि जनतालाई सोद्धा सबैले घोषणा गरिदिनु भनेपछि तिनले लेप्चाको नाम घोषणा गरे। पेदोङ समष्टिबाट पार्टीको टिकट प्राप्त गरिसकेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै तिनले आफुले टिकट पाउँछु भनेर कहुल्यै नसोचेको जानकारी गराए। पार्टीले आफुलाई टिकट दिएपछि अत्यन्तै हर्ष लागेको बताउँदै पार्टीले दिएको निर्देशलाई पालन गरेर चुनाउमा बिजय भई जनताको निम्ति काम गर्ने तिनले बताए। आफु एकजना शिक्षित व्यक्ति रहेको बताउँदै पेदोङमा हाल कलेज निर्माण कार्य चलिरहेको र् आफुले प्राथमिकता शिक्षालाई दिने लेप्चाले पत्रकारहरुलाई जानकारी गराए। स्मरण रहोस दावा लेप्चा गोजमुमो पेदोङ जोन एकको सचिवको रुपमा रहेर हाल राजनीतिमा सक्रिय रहेका छन। तिनी गोजमुमो पार्टीको स्थापना कालदेखिनै राजनीतिमा सक्रिय रहेका छन। 29 वर्षीय दावा लेप्चा पिता पेम्बु छिरिङ लेप्चा अनि माता कविता लेप्चाका छोरा हुन। तिनले प्राथमिक शिक्षा किपा प्राथमिक पाठशालाबाट शुरु गरेका थिए भने माध्यमिक तहको शिक्षा सन्त जर्ज पेदोङबाट हासिल गरेपछि कालेबुङ माहाबिद्यालयबाट अङ्ग्रेजी बिषयमा सम्मान लिएर स्नातक गरेका हुन।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.