GTA Election updates Kalimpong: कालेबुङ महकुमा क्षेत्रको 9 वटा समष्टिमा 74 प्रतिशत मतदान

डी के वाइबा, कालेबुङ, 29 जुलाई। केन्द्र सरकार, राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चा माझ गत वर्ष 18 जुलाईको दिन पिण्टेल भिलेजमा सम्झौता भएको गोर्खाल्याण्ड टेरिटोरिय़ल एडमिनिस्ट्रेसन (जीटीए)को आज चुनाउ सम्पन्न भयो। कालेबुङ महकुमाको मोठ 13 वटा सिटहरुमध्ये चारवटा सिटहरुमा गोजमुमो प्रार्थीहरु निर्बिरोध बिजय बनेको कारण आज रहल 9 वटा सिटहरुमा चुनाउ सम्पन्न भयो। यस अवसरमा पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था बनाएर राखेको थियो। उक्त 9 वटा समष्टिहरुमा मोठ 1 लाख 9 हजार 6 सय 43 मतदाताहरु रहेका थिए भने अघिबाटै चारवटा सिटहरुमा मोर्चा प्रार्थीहरु बिजयी बनेको कारण आज रहल 9 वटा सिटहरुमा मोठ 81 हजार 1 सय 86 मतदान भएको जानकारी प्राप्त भएको छ। उक्त 9 वटा समष्टिहरुमा 74.04 % मतदान भएको जानकारी दिदै चुनाव अवधी सबै क्षेत्रमा शान्ति रहेको महकुमा अधिकारीले जानकारी दिएका छन। चुनावी मैदानमा उत्रेका प्रार्थीहरुको भाग्य जनताले भोटिङ मेसिनमा बन्द गरिदिए पछि सबै सिटहरुबाट गोजमुमो प्रार्थीहरुले आफ्नो बिजय निस्चित रहेको दाबी गरेका छन।
अर्कोतिर गोजमुमो पार्टीले ल्याएको जीटीएको चुनाउमा सबैको केन्द्रबिन्दु बनेको 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा पुलिस प्रशासनको कठोर सुरक्षा व्यवस्था भित्र आज जनताले चुनावी मैदानमा उत्रेका प्रार्थीहरुको भाग्य ईलेक्ट्रोनिक भोटिङ मेसिनमा बन्द गरिदिएको छ। यस समष्टिबाट गोजमुमो प्रार्थी कल्याण देवान, तृणमोमूल कङ्ग्रेसबाट ब्रुनो लेप्चा अनि निर्दलीय प्रार्थीका रुपमा सञ्चबीर सुब्बा चुनावी मैदानमा खडा भएका थिए। तृणमूल कङग्रेस पार्टीले चुनाउ नलड्ने घोषणा गरेको कारण य्स समष्टिमा मोर्चा प्रार्थी अनि निर्दलीय प्रार्थी माझ कडा प्रतिस्पर्धा बहेको छ। जीटीएको 45 वटा सिटहरु मध्ये सबैको केन्दरबिन्दु बनेको यस 41 नम्बर समष्टिमा मतदान शान्ति पूर्ण रह्यो।
चुनाउ शान्तिमय सञ्चालन गर्न पुलिस प्रशासनको भूमिका दह्रो रहेको थियो। सबैभन्दा विवादित र संवेदनशील समष्टि 41 नम्बर रहेको थियो। जसको कारण यस समष्टिमा एक प्लाटुन र्‍याफ फोर्स लगायत पुलिस सुरक्षाकर्मी व्यापक राखिएको थियो। मोठ 18 वटा बुथहरु रहेको यस समष्टिमा चुनाउअ अवधी कहीँ पनि अशान्ति देखिएन। मोठ । मोठ 18 वटा बुथहरु रहेको उक्त समष्टिमा 10 हजार 5 सय 61 जना मतदाताहरु रहेका थिए भने यस समष्टिमा कति मतदान भयो भन्ने आधिकारीक पुष्टि हुन नसके पनि 90 प्रतिशत नै क्षेत्रवासीले मतदानमा सहभागी रहेको देखिएको छ। य समष्टिमा दुइवटा पञ्चायत छ-निम्बोङ-पाब्रीङटार अनि गीतडाब्लिङ-गीतकोल्बोङ। निम्बोङ-पाब्रीङटारमा 5,982 मतदाताहरू छन्‌ भने गीतडाब्लिङ-गीत कोल्बोङमा 4,360 मतदाता। मतदानको हिसाबमा सञ्चबीरलाई निम्बोङ-पाब्रिङटारबाट सतप्रतिशत मद गएको सञ्चबीर सुब्बाले अनुमान गरेका छन्‌। तिनले निम्बोङ-पाब्रिङटार बाहेक गीतकोलबोङ-गीतडाब्लिङ पञ्चायत क्षेत्रबाट पनि 60 प्रतिशत मत पाएको विश्वास व्यक्त गरेका छन्‌। स्थानिय जनताले क्षेत्रीय व्यक्ति प्रार्थी हुनपर्छ भन्ने चाहना राखेको कारण आफुलाई नै अधिकतर मतदान प्राप्त भएको दाबी गर्दै आगमी 2 अगष्टको दिन परिणाम सबैले थाह पाउने बताए। यसै क्रममा तिनले आफ्नोपक्षमा मत खसाल्ने जनतालाई आभार व्यक्त गरेका छन। यता चुनाउ सबै क्षेत्रहरुमा प्रशासनले शान्तिमय वातावरणमा गराएको सन्दर्भमा पनि प्रशासन प्रति आभार व्यक्त गरेका छन।

GTA Election updates Kalimpong: कालेबुङ महकुमा क्षेत्रको 9 वटा समष्टिमा 74 प्रतिशत मतदान, प्रार्थीहरुको भाग्य ईभीएममा बन्द - केन्द्र सरकार, राज्य सरकार अनि गोर्खा जनमुक्ति मोर्चा माझ गत वर्ष 18 जुलाईको दिन

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.