सभासद रतन थापालाई सम्बर्धना

मङपू२०अगस्ट(केशर मोक्तान) जी.टी.ए  एक्जुकेटिभ सदस्य एवं जी.टी.ए  सभासद रतन थापालाई हिज  मोर्चा लाब्दा बस्ती शाखाको पक्षबाट एक समारोह बीच सम्बर्धना जनाइयो|मोर्चा लाब्दा बस्ती साखा अध्यक्ष प्रलाद राईको अध्यक्षतामा सम्पन्न भएको त्यस सम्बर्दाना कार्यक्रमको उद्घाटन सभासद रतन थापाको बहुलीबाट गरियो|साखा सचिव विवेक छेत्रीले स्वागत सम्भाषण राखेको समारोहमा लाब्दा बस्ती साखाको तर्फबाट संजय विष्टले सम्बर्दाना पत्र पठन गर्दे सभासद श्रीमान थापालाई हस्तान्तरण गरे|समारोहलाई सम्बोधन गर्दे रतन थापाले सम्पूर्ण समस्य एकै चोटी समाधान गर्न नसकेता पनि सबै समस्याको हल पालै पालो गरेर गर्ने बचन दिए|उनले सिरेल बंग्लो  देखि लाब्दा बस्ती हुदै अप्पर मामरिंग सम्मको सड़क चाड़ै निर्माण हुने बताउदै लाब्दा बस्ती तल्लो गाउँमा जाने सड़कलाई पनि यथासिग्र अलकत्रे गरिदिने बताए|त्यस समारोहमा गाउँले नानीहरुले रोचक नृत्य प्रस्तुत गरे भने साना नानी स्वयम मुख्यले मिठो कविता वाचन गरेर सबैलाई मन्त्र मुग्ध पारे|उक्त कार्यक्रममा मोर्चा मङपू जोन सचिव रतन लामाले पनि सम्बोधन गर्दे दुई कुरा राखे भने समारोहमा मोर्चा मङपू जोन  सभापति प्रदीप छेत्री लगायत पार्टीका शीर्ष नेतृत्ववर्ग उपस्थित थिए| शरद राई र नन्दनी राईले संचालन गरेको  कार्यक्रममा स्थानीय गाउँलेहरुले सभासद रतन थापालाई खदा माला गरेर सम्बर्दाना जनाए भन्ने जानकारी उतम मुखिया दिएका छन्|

जी.टी.ए एक्जुकेटिभ सदस्य एवं जी.टी.ए सभासद रतन थापालाई हिज मोर्चा लाब्दा बस्ती शाखाको पक्षबाट एक समारोह बीच सम्बर्धना जनाइयो|मोर्चा लाब्दा बस्ती साखा अध्यक्ष प्रलाद राईको

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.