सिम्ले धुरामा सयदिने रोजगार शुरु

मङपू:२१अगस्त(केशर मोक्तान)
सिम्ले  धुरामा सयदिने रोजगार योज़ना मार्फत सड़क एव पनीरोड निर्माण कार्य शुरु भएको छ|सय दिने कार्य निगरानी समितिका अध्यक्ष के.एल. गुरुङको बहुली बाट सिम्ले वार्ड. नो. २ को सड़क निर्माण कार्यको उदघाटन गरियो|सिम्ले धुरा  जाने ३ कि.मि. सड़क मध्ये २.५ कि.मि. को निर्माण कार्य प्रधानमन्त्री ग्राम सड़क योजना मार्फत सुरू गरिएता पनि आधा कि.मि. बाटो निर्माण कार्य छुट्न गएकोले उक्त आधा कि.मि. सड़क निर्माण कार्य भने सयदिने रोजगार योजना मार्फत शुरु भएको छ|लाब्दा मङपूका सभासद रतन थापा एव मोर्चा  मङपू जोन समक्ष यस सड़क बिषयमा सिमले शाखाले अवागत गराए पश्चात् सभासद रतन थापाको निर्देशमा आफुहरुले सय दिने रोजगार योजना मार्फत सड़क निर्माण कार्य थालेको जसलाई अलकत्र बिछौने व्यवस्था रतन थापाले नै गरिदिने बचन दिएको जानकारी साखा सचिव अरिफ मंगरले दिएका छन्|गाउँमा सडक निर्माण कार्य शुरु भएकोमा ग्रामबासीले सभासद अनि सम्बन्धित विभाग प्रति आभार ब्यक्त गरेका छन्|अर्को तिर वार्ड नो.१ मा पनि जे.एम.राईको घर देखि गोटीलाइन जनमैदान सम्म पनी रोड निर्माण कार्य शुरु भएको छ|त्यस रोड उद्घाटन समारोहमा पञ्चायत सचिव के.पी.शर्मा,पञ्चायत कर्मी सन्तोष दर्नाल,मोर्चा पार्टी साखा सभापति सुबाश राई सह सचिव रबिन पाख्रिन लगायत पार्टीका कार्यकर्ता अनि ग्रामबासी उपस्थित रहेका थिए|

सिम्ले धुरामा सयदिने रोजगार योज़ना मार्फत सड़क एव पनीरोड निर्माण कार्य शुरु भएको छ|सय दिने कार्य निगरानी समितिका अध्यक्ष के.एल. गुरुङको बहुली बाट सिम्ले वार्ड.

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.