मंग्पूमा विश्व कवि रविन्द्रनाथको मृत्यु वार्षिकी मनाउने सुरसार छैन

मंग्पू |केशर मोक्तान: विश्व कवि रविन्द्रनाथले चार पल्ट सम्म बास गरेको भूमि मंग्पूमा यो वर्ष कविको मृत्यु वार्षिकी मनाउने कुनै सुरसार नै छैन | सरकार द्वारा कविको मृत्यु वार्षिकी र जन्म जयन्ती मंग्पूमा भब्य रूपमा मनाउने घोषणा गरे पनि कविको मृत्यु वार्षिकी आउन दुई दिन अघि सम्म पनि सरकार पक्षले कुनै ध्यान नदिएको स्पष्ट छ | अर्कोतिर अभिभावक विहिन अर्थात सरकारको कुनै पनि विभागमा नरहेको मंग्पू रविन्द्रनाथ संग्राहलयको अवस्था दिन प्रतिदिन सोंचनीय बन्दै गइरहेको छ | यस विषयमा संग्राहलयका केयर टेकर शिशिर रावत सित जान्न चाहंदा उनले २००० सालमा जस्तो अवस्था थियो हालमा पनि त्यही अवस्थामा रहीआएको बताए | उनले विश्व कवि रविन्द्रनाथले आफ्नो प्रतिभाको ज्योति विश्वभरी नै दिएता पनि उनी संग सम्बन्धित मंग्पू रविन्द्र संग्राहलयमा भने हालसम्म बिजुली बत्ती नबलेको तितो सत्य छ | उक्त विषयमा दार्जीलिंग सुचना एवं सांस्कृतिक विभागमा अधिकारी पी० डी० बलसित जान्न चाहंदा उनले यस पल्ट जीटीए चुनावको कारण सम्बन्धित अधिकारीवर्ग सबै व्यस्त रहेकोले साथै चुनावको कारण यस क्षेत्रमा कोड अफ कण्डक लागेको कारण पनि रविन्द्रनाथको मृत्यु वार्षिकी मनाउने विषयमा त्यति ध्यान नगएको बताउँदै यस सम्बन्धमा भोलि मंग्पूमा सिन्कोना बगान अधिकारी साथै स्थानीय नेताहरु संग बैठक गरेर सानो रुपमा ८ अगष्टको दिन मंग्पू  रविन्द्र संग्राहलयमा कविको मृत्यु वार्षिकी मनाउने कुरो जनाए | यस विषयमा सिन्कोना निर्देशक डा० जी० सी० सुब्बासित जान्न चाहंदा उनले पनि आजसम्म सरकार पक्षबाट कुनै खबर नभएको साथै सरकारले केवल जन्म र मृत्यु दिवसमा मात्र सम्झेर रविन्द्र संग्राहलयको उत्थान नहुने तिनले बताएका छन् |

विश्व कवि रविन्द्रनाथले चार पल्ट सम्म बास गरेको भूमि मंग्पूमा यो वर्ष कविको मृत्यु वार्षिकी मनाउने कुनै सुरसार नै छैन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.