जीटीए अन्तर समष्टि फूटबल टुर्नामेन्टमा मंग्पू - लाब्दा समष्टि क्वाटर फाइनलमा प्रवेश

मंग्पू | केशर मोक्तान: गोजमुमो केन्द्रिय समितिले पहाडमा खेलाडीहरुलाई साथीक मार्गदर्शन गराउन साथै खेलाडीहरुलाई हौसला दिन शुरु गरिएको अन्तर समष्टि नगद राशी फूटबल प्रतियोगितामा मंग्पू  लाब्दा समष्टिले उत्कृष्ट प्रदर्शन गरेको जानकारी मंग्पू फूटबल प्रशिक्षक एम० के० छेत्रीले बताएका छन् | उक्त फूटबल खेलामा मंग्पू लाब्दा समष्टिले २४   सेप्टेम्बरको खेलमा तक्दा ग्लेनवर्ण समष्टिलाई १ को विरुद्ध २ गोल गरेर विजय हासिल गरे भने २८ सेप्टम्बरको खेलमा मंग्पू समष्टिले रंग्बूल धोत्रे समष्टिलाई १ को विरुद्ध ४ गोल गरेर विजय हाशिल गरे | यसरी भोलि क्वाटर फाइनल खेलमा मंग्पू लाब्दा समष्टिको भिडान्त आजको विजय दल संग हुने भएको छ | पहाडबाट असल खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय स्तरमा पुराउन नै आयोजक समितिको मूल उदेश्य रहेको जानकारी छ |

गोजमुमो केन्द्रिय समितिले पहाडमा खेलाडीहरुलाई साथीक मार्गदर्शन गराउन साथै खेलाडीहरुलाई हौसला दिन शुरु गरिएको अन्तर समष्टि नगद राशी फूटबल प्रतियोगितामा मंग्पू लाब्दा

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.