डी के वाइबा, कालेबुङ 20 अक्टोबर। कालेबुङ भलिबल एसोसिएसनको
आयोजनमा यहाँको मेला ग्राउण्डमा सम्पन्न भईरहेको अन्तर समष्टि भलिबल खेलाको फाईनल
खेला आज सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रुपमा भारतका पूर्व भलिभल कप्तान वाई
सुब्बा राव उपस्थित रहेका थिए। अन्तर समष्टि उक्त भलिभल खेलाको फाईनल खेलामा बिशिष्ट
अतिथिका रुपमा जीटीए अध्यक्ष प्रदिप प्रधान उपस्थित रहेका थिए भने सभासद सामुएल
गुरुङ, सभासद गोपाल रुचाल ,सभासद सतिस पोख्रेल, आदिको बिशेष उपस्थिति रहेको थियो।
यस अवसरमा उक्त फाईनल खेला रेलिङ कैजले समष्टि दार्जीलिङ अनि डुङ्ग्रा पुदुङ समष्टि
माझ भएको थियो। यस अवसरमा कालेबुङ प्रेस सिक्स अनि सिनियर सिक्स माझ प्रदर्शनी
खेला सम्पन्न भएको थियो। उक्त प्रदर्शनी खेलामा सिनियर सिक्सको पक्षबाट मुख्य
अतिथिका रुपमा उपस्थित रहेका भारतका पूर्व भलिभल कप्तान वाई सुब्बा राव खेलाका
थिए। प्रदर्शनी खेलामा भारतका पूर्व भलिभल कप्तान वाई सुब्बा राव मैदानमा सिनियर
सिक्सको पक्षबाट उत्रेपछि मानिसहरुले तिनलाई जोडदार स्वागत अभिवादन जानायो। छ फूट
दश ईञ्च उचाई भएका राव भलिबल कोर्टमा निस्कन्दा सबैको ध्यान नै तिनीमाथि केन्द्रित
भनेको थियो। यस अससरमा तिनले खुबै दर्शनीय भलिभल खेलेर सबैबाट वाह ! वाह !! बटुल्न
सके। सोहि अवसरमा तेस्रो स्थानको निम्ति मन्सोङ रम्फु समष्टि अनि बोङ दुर्बीन
समष्टि माझ खेला सम्पन्न भयो। पाँचौ सेट सम्म चलेको उक्त खेला अन्तमा बोङ दुर्बीन समष्टिले
मन्सोङ रम्फु समष्टिलाई पराजित गरेर आफ्नो झोलिमा हाल्न सफल बन्यो।
अन्तमा सम्पन्न भएको फाईनल खेलामा रेलिङ कैजले समष्टिको
भिडन्त डुङ्ग्रा समष्टि माझ भएको थियो। दुवै दलका टोलीले फानलमा जितेर बिजयको पगरी
गुथ्न मैदानमा खुबै आकर्षक भलिभल खेल्दा मैदान बाहिर उपस्थित बनेका दर्शकहरु पनि
बुरुक बुरुक उफ्रिए। स् मयको अभावमा बेस्ट अफ थ्री खेलीईएको उक्त फाईनल खेलामा
पहिलो सेट डुङ्ग्रा समष्टिको झोलीमा पुगे पछि दोस्रो सेटमा रेलिङ कैजले समष्टिका
खेलाडीहरुले उत्कृष्ट खेला खेल्दै आफ्नो पक्षमा ल्याए पछि अन्तमा निर्णायक खेला
सम्पन्न भयो। उक्त निर्णायक खेलामा पनि दुवै टोलीले खुबै आकर्षक खेला खेले। बराबरी
अङको साथमा दुवै टोली अघि बडीरहेको समयमा कुनै दलले बिजय गर्छ भनेर कसैले किटान
गर्न नसक्ने परिस्थिति सृजना भएको थियो। श्वास रोकिने चरम उत्साहको साथमा
खेलाडीहरुले बिजय हुनको निम्ति ज्यानको कुनै पर्वाह नगरी खेल खेलेका थिए। उक्त
रोमाञ्चक खेलमा अन्तमा रेलीङ कैजले समष्टिलाई पराजित गरेर डुङ्ग्रा समष्टि बिजय
बनेका छन। उक्त बिजयी अनि प्राजय टोलीलाई मुख्य अतिथि अनि बिशिष्ट अतिथिहरुको
बाहुलीबाट नगद राशी संगै ट्रफी प्रदान गरियो।
यस अवसरमा मुख्य अतिथिका रुपमा उपस्थित रहेका वाई सुब्बा
रावले पहाडका खेलाडीहरुमा प्रतिभा रहेको बताउँदै उक्त प्रतिभालाई बहिर निकाल्ने
प्रयास गर्न पर्ने बताए। तिनले पहाडबाट राम्रा खेलाडीहरु निस्केर राष्ट्रिय स्तरमा
पुग्न सक्ने धेरै सम्भावना रहेको बताउँदै राम्रा प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा
पुर्याउँन प्रत्येकले पहल गर्न आवश्यक रहेको तिनले थप बताएका छन। यहाँका
खेलाडीहरुलाई बाहिर निस्कन कठिन पुग्ने रहेको बताउँदै यसको निम्ति सम्बन्धित
निकायहरुबाट पनि सहयोग हुन अति आवश्यक रहेको थप बताएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?