अढाई किलो सुन सहित कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पा कालेबुङमा पक्राऊ

डी के वाइबा, कालेबुङ 21 अक्टोबर। कालेबुङ पुलिसको सहयोगितामा आज बिहान छ बजेतिर सिलगडी पुलिसका अतिरिक्त पुलिस कमिश्नरेट गणेश शर्माको नेतृत्वमा आएका पुलिस दलले यहाँको चेष्ट क्लिनिक नजिकबाट सिलगडी कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पालाई अडाई किलो सुन संगै पक्राऊ गरेको छ। उक्त सुनको मोठ ओजन 2 किलो 7 सय 61 ग्राम रहेको थाह लागेको छ भने बजारको वर्तमान मूल्य अनुसार उक्त सुनको मूल्य 88 लाख 62 हजार 8 सय दश रुपयाँ बराबरको रहेको अनुमान गरिएको छ। जानकारी अनुसार सिलगडी महाबिर स्थान निवासी बलिसर कान्तिका छोरा गोबिन्द कान्तिले सिलगडीको एउटा नामी सुन दोकानमा कोलकताबाट सुन ल्याउँने कार्य गर्थे। तिनले कोलकोताबाट मोठ साडे चार किलो सुन ल्याएर सिलगडी आईरहेको समयमा एनजेपी रेल्वे सेटसनबाट तिनी एकाएक लापत्त बनेको प्राथमिकी भक्तिनगर थानामा दर्ता गरिएको छ। भक्तिनगर थानाको केश सङ्ख्या 1420 अन्तर्गत आईपीसिको धारा 365/368 अन्तर्गत कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पा बिरुद्ध मुद्दा 17 अक्टोबरको दिन दर्ता गरिएको छ। सोहि मुद्दाको आधारमा आज राती दुईबजेतिर तिनको मोबाईल फोनको आधारमा सिलगडी पुलिस कमिश्नरेटका अतिरिक्त कमिश्नरेट आफ्नो दलबल सहिल कालेबुङ आएर यहाँको हाटबजारदेखि चेष्ट क्लिनिकमा छापामारी अभियान चलाएको थियो। सोहि छापामारी अभियानकै क्रममा कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पा चेष्ट क्लिनिक बाट पक्राऊ परेका छन। पुलिसले तिनको घरमा छापामारी अभियान चलाउँदा तिनको बाथरुमबाट उक्त सिलगडीको एनजेपीबाट हराएको सुन साडेचार किलो मध्ये अडाई किलो फेला परेको छ। तिनको घरबाट पुलिसले बिस्कुटको आकारमा रहेको तीनवटा सुनको टुक्रा फेला पारेको छ। उक्त सुन पुलिसले फेला पारेपछि तत्काल तिनलाई पक्राऊ गरेर यहाँको कालेबुङ थाना ल्याईयो भने पछिबाट तिनलाई सिलगडी पुलिस कमिशनरेटले सिलगडी लगेर गएको छ।

कालेबुङ पुलिसको सहयोगितामा आज बिहान छ बजेतिर सिलगडी पुलिसका अतिरिक्त पुलिस कमिश्नरेट गणेश शर्माको नेतृत्वमा आएका पुलिस दलले यहाँको चेष्ट

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.