आज सीके प्रधानको पुण्यतिथि: एक समय कालेबुङमा स्वघोषित राजा बनेर शासन गर्ने सीके प्रधानका परिवारले अहिलेसम्म न्याय पाएका छैनन्

3 अक्टोबर (कालेबुङ) :- गोरामुमो नेता सीके प्रधानको हत्या भएको दश बर्ष बितिसक्दा पनि उनका परिवारले न्याय पाउन सकेका छैनन। पिडीत परिवारले आज स्व सीके प्रधानको दशौं पुन्यतिथिको दिनसम्म पनि न्यायको निम्ति न्यायालयको मुख ताकेर बसेका छन तर न्याय पाउने आधा भने दिनदिनै झिनो बन्दै गइरहेको छ।
कुनै समय  कालेबुङमा स्वघोषित राजा बनेर शासन गर्ने गोरामुमो नेता सीके प्रधानका परिवारले अहिले न्यायको निम्ति महिनैपिच्छे कोर्टको चक्कर लगाउन परिरहेको छ। एक दशकदेखि न्याय नपाएको पीडा बोकेर प्रधानका परिवारले बर्षेनी आजको दिन प्रधानको पुण्यतिथि पानल गर्ने गरेका छन। आज पनि प्रधानका परिवारजनले कालेबुङ शहरबीच निर्मित बेदी र डम्बरचोक नजिकको पार्कमा निर्मित सालिगमा पुगेर श्रञ्द्धाञलि प्रकट गरे। यस अवसरमा प्रधानकी श्रीमती शीला प्रधान, छोरा सरण प्रधान, दाजु डीके प्रधानसहित केही शुभचिन्तकहरु भेला भएका थिए।
बर्ष 2002मा आजकै दिन मध्य दिँउसो सीके प्रधानको हत्या भएको थियो। प्रधानको हत्याबारे आजसम्म ठोस तथ्यहरु सार्वजनिक नभए पनि प्रधानका परिवार यस हत्याकाण्डलाई राजनीतिप्रेरित मान्छन। गोरामुमो प्रमुख सुवास घिसिङसँगको मतभेद चरममा पुगेको अवस्थामा प्रधानले नयाँ राजनितिक दल गठन गर्ने हल्ला फैलिएको केही दिनपछि उनको हत्या भएको थियो। कुनै समय घिसिङको विश्वासपात्र रहेका सीके प्रधानलाई सुवास घिसिङले 2001मा आफूमाथि भएको हमलाकाण्डपछि दूरत्व बनाउन शुरु गरेका थिए। घिसिङले त्यसबेला प्रधानसँग दूरत्व मात्र बनाएनन तर सीके प्रधानलाई पार्टीको कालेबुङ शाखाको अध्यक्ष पदबाट पनि निकाले अनि दागोपापमा पनि पर्यटन विभागबाट कम महत्वको अन्य पछौटे वर्ग कल्याण विभागमा पुर्‍याइ दिएका थिए। प्रधानले शुरुदेखि नै यस हत्याकाण्डको पछि राजनितिक स्वर्थ रहेको दाबी गर्दै आएका छन। सीके प्रधानको हत्यापछि उनको दाजु डीके प्रधानले स्व प्रधानका राजनितिक शुभचिन्तकहरुलाई लिएर नयाँ दल गोरामुमो(सी)को गठन पनि गरेका थिए। तर यो दलले भनेजस्तो जनसमर्थन र लोकप्रियता पाउन सकेन।
घिसिङसँग  मतभेद हुन अघिसम्म सीके प्रधान गोरामुमोका प्रभावशाली नेता मनिन्थे। बिचित्र अनि सनकी स्वभावको कारण सीके प्रधान जनतामा जति लोकप्रिय थिए उति आलोचनाको शिकार पनि थिए। कालेबुङमा बर्चस्व हुँदा उनले स्थानीय नेताहरुको सम्मानमा बाटा घाटा र भवनहरुको नामाकरण गरी दिएका थिए जसको कालेबुङे जनताले सराहना गरेका थिए।
सीके प्रधानको हत्या भएको द्शक बितिसक्दा पनि न्याय नभएको घटनाले यसबेला उनको परिवार मर्माहत छन। बिशेष गरी उनकी श्रीमती शीला प्रधानले  त न्यायको आशा नै मारिसकेकी छन। एक जना प्रभावशाली नेताको हत्याकोसमेत उचित जाचँ हुन नसकेकोमा श्रीमती प्रधान दुखित छन। उनले प्रशासनबाट न्याय हुने विश्वास नै छोडी सकेकी छन।(बाइट श्रीमती प्रधान)

यता, आफ्ना  भाईको हत्याहरुलाई सजाय दिलाएर प्रधानको परिवारलाई न्याय दिलाउने दिशामा उनका दाजु  डीके प्रधान बिगत दश बर्षदेखि लागि परेका छ्न। प्रधानले गोरामुमो सीको ब्यानरमा राज्य अनि केन्द्र सरकारमाथि दबाउ बनाए पछि बर्ष 2005देखि यो मामिला सीबीआईले आफ्नो हातमा लिएको छ। यसहत्याकाण्डको जाँचपछि सीबीआईले दागोपापका तत्कालिन पार्षदहरु छिरिङ शेर्पा, रोशन राईलगायत निरे गुरुङ, दया राई, सेवाष्टिन लेप्चा, मिनबहादुर गुरुङलाई आरोपी बनाएको छ। यो मामिलाको सुनवाई अहिले जलपाईगुडी सत्र न्यायलयमा चलिरहेको छ। यस मामिलामा सीबीआईले समेत सही जाँक्ज नगरेको प्रधानको आरोप छ। तर सुनवाईको प्रक्रिया पूरा भएपछि न्यायालयको फसेला पिडीत परिवारको पक्षमा हुने कुरामा डीके प्रधान आशावादी छन।

 समचार : कालेबुंगबाट प्रदीप लोहगुन

गोरामुमो नेता सीके प्रधानको हत्या भएको दश बर्ष बितिसक्दा पनि उनका परिवारले न्याय पाउन सकेका छैनन। पिडीत परिवारले आज स्व सीके प्रधानको दशौं पुन्यतिथिको दिनसम्म पनि न्यायको

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.