फूटबल थिममा निर्माण रेस्टुरेण्टको भाईचुङ भोटियाले गरे उद्घाटन

डी के वाइबा, कालेबुङ 29 अक्टोबर:  “दार्जीलिङ पहाडमा धेरै फूटबल खेलाडीहरु छन। सबै खेलाडीहरुसंग दैनिक भेटघाट गर्नु मलाई मन पर्छ। खेलाडीहरु भेटघाट हुने स्थल मैदान मात्र होईन तर कहिले काहीँ कफि पिउँदै पनि कुराकानी गर्न आवश्यक छ। त्यसर्थ आज यहाँ एउटा फूटबल बिषयलाई आधार बनाएर निर्माण गरिएको रेष्टुरेण्ट महत्वपूर्ण हो भन्ने म ठान्दछु। यहाँ फूटबल खेलाडीहरु पहाडको फूटबल बिकास सम्बन्धि बसेर कुराकानी गर्न सकिन्छ। पहाडका फूटबल खेलाडीहरुलाई प्रोत्साहन गर्न योजनाहरु तयार पार्न सकिन्छ त्यसर्थ पनि कालेबुङको यस स्थान महत्वपूर्ण छ” – उक्त कुरा भारतका पूर्व फूटबल कप्तान भाईचुङ भोटियाले यहाँको डम्बर चौक स्थित पालाडियम कम्प्लेक्समा फूट ट्राफर्ड रेस्टुरेण्टको औपचारिक उद्घाटन गरेपछि भनेका हुन। बिशेषरुपले फूटबलको थिममा स्थापीत गरिएको उक्त फूड ट्राफर्ड रेस्टुरेण्ट उद्घाटन कार्यक्रममा भाईचुङ भोटिया मुख्य अथितिका रुपमा उपस्थित रहेका थिए। तिनले उक्त रेस्टुरेण्टको रिबन काटेर औपचारिक उद्घाटन गरेपछि केक काटेर फूड ट्राफर्ड रेस्टुरेण्ट सञ्चालन भएको औपचारिक घोषणा गरे। यस अवसरमा तिनलाई भव्य स्वागत जनाईयो। उक्त रेस्टुरेण्टको उद्घाट्न कार्यक्रममा उपस्थित बनेका भाईचुङ भोटियालाई यहाक़ो कालेबुङ स्पोर्टस एसोसिएसन अनि भेटेरेन्स क्लबका सदस्यहरुले पनि खदा लगाएर भव्य स्वागत जनाएको थियो। सोहि अवसरमा तिनले कुराकानी गर्दै पहाडमा फूटबल खेलाडीहरुको कुनै कमी नरहेको बताउँदै उक्त प्रतिभावन खेलाडीहरुलाई सही मार्गदर्शन नभएको बताए। यस बिषयमा पहाडका पूर्व फूटबल खेलाडीहरुले नवोदित खेलाडीहरुलाई राष्ट्रिय स्तरमा अघि बडाउने पहल गर्न आवश्यक रहेको जनाए। तिनले फूटबलको बिकास गर्न पहाडमा मात्र नभएर भारतमा नै आवश्यक रहेको बताउँदै यद्यपी पहाडका खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेलाडी बनाउँन पहाडमा राम्रो खेल मैदान तथा खेलाडीहरुलाई बुनिया सुबिधाहरुको उपलब्ध हुन आवश्यक रहेको बताएका छन। पहिले दार्जीलिङ पहाडबाट राम्रा खेलाडीहरु जन्मिएको बताउँदै त्यस्ता खेलाडीहरु जन्माउँन सबैले कार्य गर्न आवश्यक रहेको पनि भोटियाले बताएका छन। तिनले अहिले गठन भएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले पहाडका खेलाडीहरुलाई राष्ट्रिय स्तरमा अघि बडाउँन निश्चय नै महत्वपूर्ण भूमिका पालन गर्ने बिचार व्यक्त गर्दै जीटीए प्रमुख बिमल गुरुङले फूटबल खेलको बिकास गर्न पहल गर्ने आशा व्यक्त गरेका छन। यसै सिलसिलामा तिनले केहिदिन अघि जीटीए क्षेत्र भरी अन्तर समष्टि फूटबल खेला सम्पन्न भएर खेलाडीहरुलाई प्रोत्साहन प्राप्त भएको जनाउँदै कालेबुङमा फ्होटबल एकाडमी निर्माण गर्ने आफ्नो योजना रहेको पनि जानकारी गराए। यस समबन्धमा जीटीए प्रमुख बिमल गुरुङसंग कुराकानी भएको जानकारी गराउँदै उक्त  एकाडमी निर्माणको निम्ति आफुले कालेबुङमा जमिन उपल्बध गराईदिने अनुरोध बिमल गुरुङलाई गरेको पनि जानकारी दिएका छन। तिनले उक्त अतिनै एकाडमी निर्माण गर्न सके पहाडबाट फूटबल खेलाडीहरुलाई राष्ट्रिय स्तरमा पुर्‍याउँन सहयोग पुग्ने पनि बताउँदै यस बिषयमा जति चाँडो आफुलाई जमिन उपलब्ध भयो त्यतिनै शिघ्र कार्य हुने पनि बताएका छन।

“दार्जीलिङ पहाडमा धेरै फूटबल खेलाडीहरु छन। सबै खेलाडीहरुसंग दैनिक भेटघाट गर्नु मलाई मन पर्छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.