कुनै पूर्व सूचना बिना शहरको मूल बाटो खन्दा सृष्टि भयो झ्याउला

डी के वाइबा, कालेबुङ 21 अक्टोबर।  घरी घरी विवादहरुको घेरोमा फँसिरहने कालेबुङ नगरपालीका आज पुन: एउटा ठूलो विवादको घेरोभित्र मुसिन पुगेको छ। बिशेष आज बिहान लगभग 8 बजेतिर यहाँको डी एस गुरुङ रोड स्थित पशुपति स्टोर अघि मैला बग्ने नाली बनाउँन कालेबुङ नगरपालीका ईञ्जिनियर मदन रुम्बाले अचानक जेसीबी लगाएर बाटो खन्ने कार्य गर्दा सम्पूर्ण जनताको अघि विवादको सामना गर्नु परेको छ। फूलपातीको दिन बजारमा मानिसहरुको भीड अध्याधिक बड्ने जानकारी हुँदा हुँदै पनि नगरपालीका ईञ्जिनियरले शहरको मूल बाटोमा जीसीबी लगाएर नाली बनाउँने बहनामा सम्पूर्ण बाटो बन्द भए पछि स्थानीय मानिसहरु लगायत चालकहरु आक्रोशित बनेको थियो। जसको कारण आज सम्पूर्ण नगरपालीकाले नै जनताको आक्रोशको सामना गर्नु पर्‍यो। बिहान अचानक शहरको मूल बाटो नै बन्द बने पछि दैनिक जामको समस्या भोग्नु परिरहेको मानिसहरुले आज झन धेर जामको समस्या झेल्नु परेको थियो। जसको कारण पछिबाट स्थिति पूर्णरुपले तनावपूर्ण बनेको थियो। स्थानीय मानिसहरु लागायत दैनिक उक्त बाटो भएर यात्रा गर्ने यात्रीहरु संगै चालकहरुले उक्त बाटो खन्ने कार्यको बिरोध गरेपछि पनि नगरपालीका ईञ्जिनियरले चाडै बाटो सुचारु बनाउँने आश्वासन दिदै कार्य जारी राख्दा स्थिति नियन्त्रण बाहिर पुगेको थियो। जसको कारण अन्तमा नाली बनाउँन खनेको बाटोको खाडललाई नगरपालेकाले कार्य गर्न नपाउँदै पुरेर यातायता सुचारु बनाउँनु परेको थियो। अहिले दशैको मौसम शुरु भएको कारण बजारमा मानिसहरुको दैनिक भीड बृद्धि भईरहेको छ भने यस्तो परिस्थितिमा नगरपालिकाले जनताको असुबिधालाई कुनै पर्वाह नगरी बिहानै जेसीबी लगाएर शहरको बाटो नै खनेर यातायात बाधित बनाउँदा सबै मानिसहरु नगरपालिकाको कार्य प्रणाली प्रति क्षुब्ध बनेका छन। शहरको बाटो खनेर विवाद सृजना भएर स्थिति तनाउपूर्ण हुँदा सम्म घटना स्थलमा भने नगरपालीकाका कुनै नगरपार्षद भने उपस्थित नहुँदा झन मानिसहरु आक्रोशित बनेको थियो। यद्यपी पछिबाट भने घटना स्थलमा सम्बन्धित वार्डका पार्षदीका उपस्थित नभएपनि नगर उपाध्यक्ष गंगामाया गुरुङ, राकेश प्रसाद,बुद्ध लामा आदि घटना स्थलमा आईपुगेका थिए। सोहि क्रममा नगरपालीका अनि जनता माझ बडीरहेको विवादलाई साम्य पर्न घट्ना स्थलमा सभासद निमा तामङ पनि आईपुगेका थिए। तिनले पनि नगरपालीकाको कार्यप्रणाली प्रति प्रश्न उठाएका छन। नगरपार्षदहरु घटना स्थलामा आईपुग्दा भने स्थिति पूर्णरुपले नियन्त्रण देखि बाहिर हुनु पुगेको थियो जसको कारण नगरपार्षदहरुले पनि जनताको अघि विवादको सामना गर्नु पर्‍यो। नगरपालेकाले जनताको असुबिधालाई कुनै पर्वाह नगरी यसरी नाली व्यवस्थित बनाउँने बहनामा बाटो खनेर विवादको सृजना गरेपछि अन्तमा नगरपालिका प्रति सम्पूर्ण मानिसहरु प्रश्न उठाएका छन। शहरको बिभिन्न भागहरुमा ठूलो काम गर्न गर्दा अहिले सम्म नगरपालिकाले प्राय जसो कामहरु रातको समयमा गर्दै आईरहेको भए पनि आज भने उक्त काम बिहान गर्दानै समस्या बडेर गएको हो। यस बिषयमा घट्ना स्थलमा आईपुगेका नगरपालिका उपाध्यक्ष गंगामाय गुरुङ लगायत अन्य पार्षदहरुलाई मानिसहरुले नगरपालिकाको कार्यप्रणाली प्रति सोझै प्रश्न उठाउँदै उक्त कार्य किन रातीको समयमा गरिएन भनि प्रश्न गर्दा उक्त कार्यहरु बारे ईञ्जिनियर मदन रुम्बाले कुनै पनि पार्षदहरुलाई उक्त कार्य गर्ने जानकारी नगराएको स्पष्टिकरण दिएका छन। जसको कारण कालेबुङ नगरपालीकामा ईञ्जिनियर अनि वार्डपार्षदहरु माझ सम्पर्कको अभाव रहेको पनि स्पष्ट बनेको छ।
उक्त बाटो खन्ने कार्यले ठूलो विवादको सामना नगरपालिकाले गरे पछि अन्तमा पुन: खनेको बाटो पुरेर अबेर गरि यातायत सुचारु गरिएको छ। यस सम्बन्धमा उक्त कार्य गर्ने नगरपालीकाका ईञ्जिनियर मदन रुम्बालाई यत्रो ठूलो कार्य किन राती गरिएन भनि प्रश्न गर्दा उल्टै मिडियालाई राती काम गर्ने मानिसहरु दिनु भनि लाजमर्दो बयान दिएका छन।
यता यस सम्बन्धमा स्थानीय माकपा नेता तारा सुन्दासले कडा शब्दमा कालेबुङ नगरपालीको निन्दा गरेका छन। तिनले नगरपालीकाले जनतालाई असुबिधा हुने कार्य गर्नु अनैतिक रहेको आरोप लगाउँदै बिकाश कार्यको माकपाले बिरोध नगरे पनि जनतालाई असुबिधा सृजना हुने कार्यको भने जोडदार बिरोध गर्ने बताएका छन। यसै सिलसिलामा उक्त स्थानका व्यापारीवर्गले पनि नगरपालीकाको कार्यप्रति प्रश्न उठाउँदै दशैको मौसममा कुनै पूर्व सूचना बिना यस्तो असुबिधा उत्पन्न हुने कार्य निन्दनिय रहेको बताएका छन।
यता नाली व्यवस्थित बनाउँने बहनामा नगरपालिकाले जनताको आक्रोश झेल्न परेपछि नगरपालिका उपाध्यक्ष गंगामाया गुरुङले स्पष्टिकरण दिदै उक्त कार्य नगरपालिका अध्यक्षको निर्देशनमा भएको जनाएकी छिन । तिनले उक्त कार्य गर्नको निम्ति वर्क अर्डर भईसकेको स्पष्टिकरण दिदै उक्त कार्य गर्दा नगरपालिका ईञ्जिनियरले नगर्पार्षदहरु संग कुनै परामर्श नलिएको कारण नै विवाद सृजना भएको जनाएकी छिन। तिनले उक्त कार्यले जनता माझ उत्पन्न भएको समस्या प्रति खेद प्रकट गर्दै आगमी दिनहरुमा यस्तो घटना नदोहरिने दाबी समेत गरेकी छिन।

घरी घरी विवादहरुको घेरोमा फँसिरहने कालेबुङ नगरपालीका आज पुन: एउटा ठूलो विवादको घेरोभित्र मुसिन पुगेको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.