मङपूमा दुई दिवसीय वार्षिक दिपावली खेलकूद प्रारम्भ

डी के वाइबा, मङपू 16 नोभेम्बर। भारतमा अग्रेजहरुको शाषणकालदेखिनै सञ्चालन हुँदै आईरहेको ऐतिहासिक बार्षिक दिपावली खेलकूद आजदेखि मङपू जनमैदानमा सम्पन्न भयो। यस अवसरमा बन बिभागका भारप्राप्त सभासद रतन थापा मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। पहिलो दिनको उक्त खेलकूद कार्यक्रमलाई सिन्कोना बिभाग मङपूका व्यवस्थापक सी बी थापाले अध्यक्षता गरेका थिए। यस अवसरमा मङपूका बिभिन्न विद्यालयका बिद्यार्थीवर्गहरुले रोमाञ्चक मार्च पास्ट प्रस्तुत गरेका थिए। पहिलो दिनको उक्त खेलकूद प्रतियोगितामा मङ्पू सिन्कोना निर्देशालय अधिनस्थ रहेको लाब्दा. मङपूर, रेशेप, रञ्जुभेल्ली बिभागका प्रतियोगिहरुमाझ बिभिन्न प्रतियोगियात्मक खेलहरु सम्पन्न भएको थियो। मुख्य अथिति सभासद रतन थापाले मसाल जलाएर खेलको औपचारिक उद्घाटन गरेपछि सुरु भएको पहिलो दिनको दिपावली खेलकूद प्रतियोगितामा प्रतियोगिहरुमाझ एकसय मिटर, दुईसय मिटर, चारसय मिटर, आठसय मिटर दौड केटाहरु अनि केटीहरुमाझ सम्पन्न भएको थियो। यसै अवसरमा केटाहरुमाझ हाईजम्प, पोल जम्प, लङजम्प, छेलो हनाई, पिलो फाईट आदि प्रतियोगितात्मक खेलहरु सम्पन्न भयो। पहिलो दिनको उक्त खेलकूद प्रतियोगितामा केटाहरु माझ खुल्ला रुपमा राखिएको म्यारथन दौड अनि 15 सय मिटरको दौड सबैभन्दा आकर्षक रहेको थियो। हजारौ मानिसहरुले भरिएको खचाखच जनमैदानमा बिभिन्न सांगीतक कार्यक्रम पनि सम्पन्न भयो भने सारदा उच्च बिद्यालयका बिद्यार्थीवर्गले आकर्षक व्याण्ड डिस्प्ले प्रस्तुत गरेका थिए। पहिलो दिनको आकर्षक खेला म्याराथान दौडमा जोरबङलो दार्जीलिङ निवासी हाजुङ भोटिया पहिलो, खरसाङ निवासी सुवर्ण सुब्बा दोस्रो अनि कालेबुङ निवासी रमेश तामङ तेस्रो भए भने केटाहरु माझ सम्पन्न 15 सय मिटर खुल्ला दौड प्रतियोगितामा मनोज राई पहिलो, हाजुङ भोटिया दोस्रो अनि प्रविण राई तेस्रो भए। उक्त बिजयी प्रतियोगिहरुलाई मुख्य अतिथि एंव बिष्ट अथितिका वहुलिबाट पुरस्कार प्रदान गरियो। आज सम्पन्न भएको पहिलो दिनको अन्तर बिभागिय खेल प्रतियोगितामा रेशेप बिभाग 44 अङक ल्याएर च्याम्पिन बन्न सक्षम बनेको थियो भने मङपूर बिभाग 31 अङक अनि लाब्दा बिभाग 9 अङक प्राप्त गरेर क्रमैले दोस्रो अनि तेस्रो भएको थियो।
स्मरण रहोस सन 1862 मा अङग्रेजहरुले मङपूमा औलो ज्वरोको औषधी सिन्कोनाको खेती सुरु गरेपछि 19 औँ शताब्दिदेखि बगानमा खट्ने मजदुरवर्गलाई बटुलेर बगानका अङ्गेज अधिकारीवर्ग मनोरञ्जनगर्ने गरेको स्थानीय बृद्धा मानिसहरु बताउँछन। बगानमा खट्ने मजदुरवर्ग मैदानमा मिठाई टिप्ने होडमा  धक्का मुक्कि हुँदा त्यसताकका अधिकारीवर्ग खित्का छडेर हाँस्दै मरोञ्जन गरेको प्रथा त्यस समय तमाशा भनिने गरिन्थ्यो भने कालान्तरमा सोहि तमाशा खेलकूदको रुपमा बिकशित भएर गएको छ। अङग्रेज शाषणकाल देखि प्रत्येक वर्ष भाईटिकाको भोलिपल्ट अनि पर्सिपल्ट पालन गरिने उक्त बार्षिक खेलकूद प्रतियोगितामा प्रति वर्ष हजारौ मानिसहरुको भिड जम्ने गर्छ भने आज सम्पन्न पहिलो दिनको खेलकूद प्रतियोगितामा पनि हजारौ मानिसहरुको भीड जमेको थियो।

भारतमा अग्रेजहरुको शाषणकालदेखिनै सञ्चालन हुँदै आईरहेको ऐतिहासिक बार्षिक दिपावली खेलकूद आजदेखि मङपू जनमैदानमा सम्पन्न भयो।

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.