गोजमुमोको राष्ट्रिय सम्मेलन गर्ने घोषणा प्रति क्रामाकपा हरियाणा शाखाको प्रतिक्रिया

कालेबुङ 17 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चाले राष्ट्रिय सम्मेलन गर्ने घोषणा गर्नुसाथै क्रामाकपा हरियाणा शाखाले प्रेस बिज्ञाप्ति जारी गरेर प्रतिक्रिया जनाएको छ। क्रामाकपा हरियाणा शाखा संयोजक किरण बिकेले एक प्रेस बिज्ञप्ति जारी गर्दै मोर्चाको राष्ट्रिय सम्मेलन केवल भारतभरी छरिएर बसेका गोर्खाहरुलाई भुल्याउँने बहना मात्र हो भनि टिप्पणी गरेका छन। तिनले आफु पहिले हरियाणा गोजमुमो शाखा अध्यक्षको पदमा रहेर छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति कार्य गरिरहेको समयमा मोर्चाले क्षेत्रीय प्रशासन जीटीएमा हस्ताक्षर गर्दा कुनै पनि राज्यका मोर्चा प[रतिनिधीहरुको समर्थन नलिएको दाबी गर्दै आफुहरुले जीटीएकोइ बिरोध गरेकै कारण पार्टीले निस्काशित समेत गरेको दाबी गरेका छन। सोहिक्रममा भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा तथा राष्ट्रिय चिन्हारी छुट्टै राज्य बाहेक कुनै पनि व्यवस्थाले बोक्न सक्दैन भनेर पहिले मोर्चाले दार्जीलिङको जिमखाना भवनमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा आफुहरुले तर्क राख्दा मोर्चा प्रवक्ता तथा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले “छुट्टै राज्यको निम्ति दार्जीलिङका मानिसहरुले मात्र आन्दोलन गरेका छन त्यसर्थ जीटीए सन्दर्भमा पनि दार्जीलिङका जनताले नै निर्णय लिनेछन” भनेर टिप्पणी गरेको दाबी गर्दै मोर्चाले जीटीए थापेर गोर्खाहरुलाई महाधोका दिएको क्रामाकपा हरियाणा शाखा सयोजक किरण बिकेले दाबी गरेका छन। गोजमुमोले छुट्टै राज्य गोर्खाल्याण्डको नाममा सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको आकांक्षालाई कुठाराघात गरेको दाबी गर्दै अब गर्ने भनिएको राष्ट्रिय सम्मेलन पनि केवल पार्टीको नाटक मात्र हो भनि बिज्ञप्तिमा बताएको छ। मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाईव अघि सारेर केवर सरकार समक्ष बार्गेनिङ मात्र गर्ने गरेको बताउँदै जीटीएको निर्णय नेताहरुले आफ्नो स्वार्थमा लिएको थप बताईको छ। अहिले गोजमुमो पार्टीले राष्ट्रिय सम्मेलन गर्ने भनि जुन घोषणा गरेको छ उक्त घोषणा केवल पार्टीले आफ्नो अस्तित्व बचाउँनको निम्ति मात्र गरिरहेको बताउँदै यस्तो तथाकथित राष्ट्रिय सम्मेलनहरु मोर्चाको जनतालाई अलमलाउँने कार्य बाहेक अन्य केही होईन भनि थप तिनले दाबी गरेका छन। तिनले मोर्चालाई चुनौति दिदै यदि भारत भरी छरिएर बसेका गोर्खाहरुको समस्या बुझ्ने चाहना छ भने उक्त भनिएको राष्ट्रिय साम्मेलन दार्जीलिङ पहाडमा होईन दिल्लीमा सम्पूर्ण बुद्धिजेविहरुलाई बोलाएर गरियोस भन्दै नत्र जनतालाई ढाँटने सम्मेलन नगरियोस भनि बिज्ञाप्तिमा बताएक्लो छ।

गोर्खा जनमुक्ति मोर्चाले राष्ट्रिय सम्मेलन गर्ने घोषणा गर्नुसाथै क्रामाकपा हरियाणा शाखाले प्रेस बिज्ञाप्ति जारी गरेर प्रतिक्रिया जनाएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.