पहाडमा युनियन टेरोटोरिको हल्ला हिल काङ्ग्रेसको राजनैतिक हल्ला बोल ?

डी के वाइबा, कालेबुङ,३ नोभेम्बर। एकातिर दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुन सक्दैन भने अहिलेको राजनैतिक परिस्थिति बिच केन्द्र शासित प्रदेश गठन सम्भव छ भनि हिल काङ्ग्रेसल दाबी गरीरहेको छ। सोहि मुद्दालाई लिएर केन्द्रमा कङ्ग्रेसका नेताहरुलाई हिल कङ्ग्रेसले रिझाउँने कार्य गर्दै भेटघाट गरेर एक प्रतिनिधी टोली फर्किएको कुरा समेत पत्र पत्रिकामा प्रकाशित भएको थियो। हिल काङ्ग्रेसले पहाडको निम्ति युनियन टेरोटेरी मात्र सर्बोत्तम बिकल्प रहेको दाबी गर्दै उक्त बिषयमा जिल्ला कङ्ग्रेसले प्रस्ताव पारित गरेर प्रदेश कङ्ग्रेस कमिटिलई तीन चोटि पठाईसकेको हिल कङ्ग्रेसका महासचिव दिलीप प्रधानले दाबी गरेको 24 घण्टा बित्न नपाई प्रदेश कङ्ग्रेसका अध्यक्ष प्रदिप भट्टचार्यले हिल काङ्ग्रेसबाट युनियन टेरोटोरिको प्रस्ताव प्राप्त नभएको सङ्केत दिएका छन।
जिल्ला कंग्रेसका मूल सचिव दिलिप प्रधानले शुक्रबार पत्रकारहरु संग कुराकानी गर्दै स्सिको दशकमा आरटी अली जिल्ला कंग्रेसका अध्यक्ष हुँदा युटीको प्रस्ताव लिइएको थियो भन्दै नब्बेको दशकमा दावा नर्बुलाले पनि लिएका थिए अनि अहिले उनीहरूको पालामा पनि प्रस्ताव लिइएको छनि दाबी गरेका थिए। तिनले युटीको प्रस्ताब जिला कङ्ग्रेसले पारित गरेको किटान गर्दै तारिक सम्म जानकारी गराउँदै २६ अगस्त २०११को दिन यो प्रस्ताव लिइएको हो भने। प्रस्ताव नलिएको भनेर पहाडका दलहरूले गरेको प्रतिक्रिया अनुचित हो| प्रस्ताव देखाउन अनिवार्य छैन| जो पनि प्रस्ताव हेर्न चहान्छन् उनीहरूले कंग्रेस जोइन गर्नुपर्छ भन्दै अन्य राजनैतिक दलहरुले लगाएको आरोप प्रति कटाक्ष गर्दै भनेका थिए। यस्तो परिस्थितिमा प्रदेश कंग्रेसका प्रदीप भट्टाचार्यले फोनमार्फत भने अहिलेसम्म  युनियन टेरिटोरीको मागलाई लिएर हिल कंग्रेसको मागमाथि प्रदेश कंग्रेससित कुनै छलफल भएको छैन प्रस्ताव पठाएकोबारे जानकारी पनि छैन भने। तिनको उक्त बयानले हिल काङ्ग्रेसले गरिरहेको दाबी समेत झूटो प्रमाणित भएको छ। उक्त हिल कंग्रेसले युटीको निम्ति प्रस्ताव नै लिएको छैन भन्ने पनि प्रमाणित भएको छ भने अहिले सम्म चलिरहेको युटीको हल्ला केवल राजनैतिक हल्ला बोल मात्र रहेछ भन्ने पनि प्रमाणित बनेको छ।

एकातिर दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुन सक्दैन भने अहिलेको राजनैतिक परिस्थिति बिच केन्द्र शासित प्रदेश गठन सम्भव छ भनि हिल काङ्ग्रेसल दाबी गरीरहेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.