मंग्पू वार्षिक दिपावली खेलकूद यसवर्ष पनि भव्यता साथ सम्पन्न हुने

मंग्पू | केशर मोक्तान: अंग्रेजको पालादेखि नै तमाशा भनि शुरु गरिएको मंग्पू वार्षिक दिपावली खेलकूद यसवर्ष पनि भव्यता साथ सम्पन्न हुने जानकारी खेलकूद संघको पक्षमा सचिव राम पोख्रेलले दिएका छन् | परम्परागत रुपमा भाई टिकाको भोलि र पर्सी पल्ट पालन गरिने मंग्पू दिपावली खेलकूदको चाँजो मिलाउने कार्य गुप्त रुपमा भइरहेको जानकारी छ | १६ नोभेम्बरको दिन अन्तर विभागीय खेलकूद प्रतियोगिता स्थानीय विधालयहरु द्वारा मार्च पास्ट तथा ड्रील प्रदर्शन अनि केटाहरु माँझ खुल्ला म्याराथन दौड सम्पन्न हुनेछ भने दोश्रो दिन अन्तर विधालय खेलकूद प्रतियोगिता अनि केटीहरु माझ म्याराथन दौड खुल्ला राखिएको छ |
यस दुई दिवसीय खेलकूद प्रतियोगिता संगै विधालयका नानीहरु द्वारा सांस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिने भएको छ | 
यस रोचक खेलकूद प्रतियोगितामा मंग्पू  खेलकूद संघ सबै सबैमा हार्दिक स्वागत जनाउदछ|

अंग्रेजको पालादेखि नै तमाशा भनि शुरु गरिएको मंग्पू वार्षिक दिपावली खेलकूद यसवर्ष पनि भव्यता साथ सम्पन्न हुने जानकारी खेलकूद संघको पक्षमा सचिव राम पोख्रेलले दिएका छन्

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.