अङ्ग्रेजी दैनिक सिक्किम नाउको कार्यलय तोडफोड : कालेबुङ प्रेस कल्बद्वारा भर्त्सना

डी के वाइबा, कालेबुङ 8 नोभेम्बर । सिक्किमबाट प्रकाशित हुने अंग्रेजी दैनिक समाचार पत्रिका ‘सिक्किम नाउ’को कार्यलयमा हिज राती असमाजिक तत्वहरुले ढुङ्गा बर्साएर कार्यलय तोडफोड गरेको घटना प्रति कालेबुङ प्रेस क्लबले भर्त्सना जनाएको छ। गणतन्त्रको चौथो स्तम्भ मानिने पत्रकारिता अनि पत्रकारहरु माथि राजनैतिक स्वार्थ प्रेरित मानिसहरुको हमला एकदमै निन्दनीय रहेको कालेबुङ प्रेस क्लबका सचिव अरुण कुमार राईले बताएका छन। तिनले सिक्किम नाउ पत्रिकाको कार्यलयमा भएको हमला खुबै चिन्ताको बिषय रहेको बताउँदै प्रशासनले पत्रकारहरुको सुरक्षाको जिम्म लिनुपर्ने माग गरेका छन। घरी घरी पत्रकार तथा पत्रकारीता माथी हुने गरेको यस्ता निन्दनिय घटनाहरु हुँदा समेत प्रशासन मौन बस्नु ठिक नहुने बताउँदै प्रशासनको मौनता माथी प्रश्न चिन्ह खडा हुने थप बताए। तिनले सिक्किमका पत्रकारहरुको पक्षमा कालेबुङ प्रेस कल्ब संधै साथ रहेको बताउँदै उक्त घटना प्रति दोषीहरुलाई यथाशिघ्र कार्वाही गर्नुपर्ने माग समेत गरेका छन। समाचार पत्रको कार्यलय तोडफोड गरेको घटनाले प्रेस स्वतन्त्रता माथि प्रश्न चिन्ह खडा भएको बताउँदै सिक्किम जस्तो सानो राज्यमा प्रेस स्वतन्त्रताको हमला कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। तिनले प्रेस स्वतन्त्रताकै सन्दर्भमा प्रेस काउन्सिल अफ ईण्डियाका अध्यक्ष हाल सिक्किममा आएर चर्चा गरिरहेको अनि देश भरीका पत्रकारहरु सिक्किममा भेला भएको समयमा प्रेस माथिको हमला कडा शब्दमा भर्त्सना गर्दा पनि कम हुने थप बताए।

सिक्किमबाट प्रकाशित हुने अंग्रेजी दैनिक समाचार पत्रिका ‘सिक्किम नाउ’को कार्यलयमा हिज राती असमाजिक तत्वहरुले ढुङ्गा बर्साएर कार्यलय तोडफोड गरेको घटना प्रति कालेबुङ प्रेस क्लबले भर्त्सना जनाएको छ।

Read latest post filed under sikkim news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.