गोर्खाल्याण्डको आन्दोलनलाई राष्ट्रिय स्तरमा अघि बडाउँन टास्क फोर्सले रणनीति तयार पार्ने

डी के वाइबा, कालेबुङ 8 नोभेम्बर । छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई अघि बडाएर भारत सरकार प्रति दबाऊ सृजना गर्न गोर्खाल्याण्ड टास्क फोर्सले चाडै रणनीति तयार पार्ने भएको छ। टास्क फोर्सका राष्ट्रिय सयोजक आर मोक्तानले आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टास्क फोर्सले छुट्टै राज्य गठनको निम्ति सरकारलाई राष्ट्रिय स्तरमा दबाऊ दिने कार्य बताए। टास्क फोर्सको आगमी 19 दिसम्बरको दिन सिलगडीमा सम्पूर्ण भारतीय गोर्खाहरुको निम्ति गोर्खाल्याण्ड गठनको निम्ति 22 वटा राज्यहरुका प्रतिनिधीहरुलाई लिएर सम्मेलन गर्ने बताउँदै उक्त सम्मेलनमा नै गोर्खाल्य़ाण्डॅको रणनीति तयार पर्ने जनाए। छुट्टै राज्य गोर्खाल्याण्डले मात्र भारतभरी छरिएर बसेका गोर्खाहरुल्को राष्ट्रिय राजनैतिक समस्या समाधान गर्ने दाबी गर्दै भारतको संविधान अनुरुप केन्द्र सरकारले यथाशिघ्र गोर्खहरुको समस्या समाधान गर्नुपर्ने पनि माग गरेका छन। तिनले गोर्खाल्याण्ड गठनको निम्ति राष्ट्रिय स्तरमा टास्क फोर्सले कार्य गर्नुपर्ने बाराम्बार सुझाउ आईरहेको बताउँदै सोहि बिषयमा सम्मेलनमा आन्दोलनको रुपरेखा तयार पारिने जनाए।

छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई अघि बडाएर भारत सरकार प्रति दबाऊ सृजना गर्न गोर्खाल्याण्ड टास्क फोर्सले चाडै रणनीति तयार पार्ने भएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.