एन.एच.पी.सी. द्वारा ३८वा स्थापना दिवश पालन

मङपू:८नोभेवेम्बेर(केशर मोक्तान): एनएचपीसी   तीस्ता जलविद्युत परियोजना, चरण – 3 एवं 4 द्वारा संयुक्त रुपमा  38वां एनएचपीसी स्थापना दिवस समारोह दिनांक 7 नवम्बर 2012 को दिन स्थानीय कालिझोरा मैदानमा  हर्षोल्लाषपूर्वक  पालन गरियो । यसै  अवसरमा   रंगारंग सांस्कृतिक संध्याको पनि  आयोजन गरिएको थियो । समारोहको  शुभारंभ मुख्य अतिथि डा. सौमित्र मोहन, जिलाधिकारी, दार्जिलिंग सह प्रधान सचिव, जीटीए, श्री अलंकार झा, निदेशक, पद्मजा हिमालयन जूलोजिकल पार्क, दार्जिलिंग, श्री आर. के. वर्मा, महाप्रबन्धक, तीस्ता जलविद्युत परियोजना, चरण – 3 एवं 4, एनएचपीसी लिमिटेड, श्री राजन कुमार, मुख्य अभियंता, श्री एस.पी. मुखर्जी, मुख्य अभियंता, श्री रामस्वरूप, मुख्य अभियंता एवं श्री रमेश मुखिया, मुख्य अभियंता द्वारा दीप प्रज्जवलन गरेर कार्यक्रम शुरु गरियो । 

मुख्य  अतिथि डा. सौमित्र मोहनले आफ्नो  भाषणमा  सबैभन्दा पहिला  एनएचपीसीका   उपस्थित सबै कार्यकर्ताहरुलाई एनएचपीसी दिवसको  हार्दिक बधाई दिए । यसका साथै वहाँले   एनएचपीसी द्वारा जलविद्युत विकासको  क्षेत्रमा  गरिरहेको असल कार्य साथै प्रयासलाई  सराहना गरे साथै  दार्जिलिंग जिल्लामा   अवस्थित दुवै  परियोजना चाडै पुरा भएर विधुत उत्पादन हुन सकोस भन्ने आशा व्यक्त गरे | यसै  सम्बन्धमा  प्रशासनको तर्फबाट हरसम्भव सहायता प्रदान गर्ने बचन दिए । यसरी नै श्री आर. के. वर्मा ले  आफ्नो  स्वागत भाषणमा  सबै कर्मीहरुलाई बधाई दिंदै विगत वर्षहरुका एन० एच० पी० सी० को उपलब्धिहरुको विवरण दिए । वहाँले कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई धन्यबाद दिंदै  तीस्ता जलविद्युत परियोजना, चरण – 3, रम्बीको  प्रथम युनिटको  सफल संचालन यसै  वर्षको  अन्ततिर  शुरू हुने औ  2013  मार्च सम्म  परियोजना पूर्ण रूपले सम्पन्न हुने बताए |

कार्यक्रममा दार्जिलिंगबाट आएका  म्युजिकल बैंड अनि  कोलकताबाट आएका आर्केष्ट्राले उपस्थित सबैलाई   भरपूर मनोरंजन दिएका थिए |

एनएचपीसी तीस्ता जलविद्युत परियोजना, चरण – 3 एवं 4 द्वारा संयुक्त रुपमा 38वां एनएचपीसी स्थापना दिवस समारोह दिनांक 7 नवम्बर 2012 को दिन स्थानीय कालिझोरा मैदानमा हर्षोल्लाषपूर्वक पालन गरियो ।

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.