मंग्पू| चन्दन खवास: जीर्ण अवस्थामा पुगिसकेको मंग्पू कुइलेन कारखानालाई जीटीए कै कोषबाट तीन करोडको लागतमा पुन: निर्माण गरिने जानकारी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल बिमल गुरुङले दिए | कर्ममा बिश्वास राख्ने गुरुङले उक्त मरणतुल्य अवस्थामा अवस्थित कारखानाको निर्माण कार्य यथाशीघ्र गर्ने भएको छ | कृषि मेलाको समापन पछि नै पुन: निर्माण हुन लागेको कारखानाको शिलान्याश गर्ने निधो पनि आज जीटीए प्रमुखले बताएका छन् | ८६ सालको आन्दोलनले बन्द हुन् पुगेको कुइलेन कारखाना बर्तमानमा आईपुग्दा आफ्नो अस्तित्व नै संकटमा परिसकेको सत्य कसैको अघि लुक्न सकेको छैन जसको कारण अहिले सम्म सिन्कोनाबासीको आंगमा घाम लाग्न सकेको थिएन र आज उक्त घोषणाले सिन्कोनाबासीमा हर्षको लहर छाएको छ |
२१ वर्षको कालो साशनमा सानी आमाको व्यवहार भएको कारण पाहाड कै दोश्रो बृहत उद्योग धन्दा कुइलेन कारखाना पूर्ण जीर्ण अवस्थामा पुग्यो | अहिले यही जीर्ण अवस्थामा रहिआएको कारखानालाई जीटीए मार्फत निर्माण गरि पहाड कै बृहत दोश्रो उद्योग धन्दालाई पुन: संचालन गर्ने निधो पार्टी अध्यक्षले गरेको उनले आफ्नो सम्बोधनमा बताए | एकपल्ट यही कारखानाले विश्व स्तरमा आफ्नो छुट्टै परिचय दिएको थियो भने विश्व प्रशिद्ध पनि बन्न पुगेको थियो | त्यसताक यही कारखानाबाट औले ज्वरोको रामवाण औषधि उत्पादन हुने गर्थ्यो | तर अहिले कारखाना पूर्ण बन्द भएको कारण उत्पादनको साटो निर्देशक कार्यलय एवम सम्बन्धित निकायले काँचो बोक्रा बेच्न समेत बाध्य भएको थियो | जसको कारण फाइदामा रहेको सिन्कोना प्रति वर्ष घाटाको सामना गर्दै आयो | अब जीटीएको कोषबाट पुन: निर्माण हुन लागेको कारखानाले आफ्नो उत्पादन आफै तयार गरि बजारबाट हराएको आफ्नो अस्तित्व र गौरवलाई फेरी फर्काइ ल्याउने योजना रहेको जीटीए प्रमुखले बताए साथै नव निर्माण कारखानमा थुपै रोजगारहरुको अवसर पनि सृजना हुने बताए| यसको निम्ति सम्पूर्ण सिन्कोनाबासीले आफ्नो मनमा कारखाना संचालनको निम्ति दृढ संकल्प हुन पर्ने पनि गुरुङले आज बताए |

Post a Comment
We love to hear from you! What's on your mind?