जोगीघाटमा ६ दिने कृषि मेला शुरु जीटीए बिकाश गर्ने मध्यम मात्र हो, मूल लक्ष्य गोर्खाल्यान्ड :बिमल गुरुङ



 मंग्पू| सिटोंग|१४ जनवरी(केशर मोक्तान/सीएम० राई): कृषि भनेको नै कर्म हो | पहाडका कृषकहरुले कर्म गर्न छोडी सकेकोले पहाडको कृषि संस्कृतिलाई पुन जीवित गर्न साथै कृषकहरुको उन्नतिको निम्ति जी टी ए- ले ठाउं –ठाउं कृषि मेला आयोजन गरेर जागरुक गरिने अभियान शुरु गरेको छ | विगत शासन व्यवस्थामा अत्यन्त अवहेलित भएर बसेको कृषि सिन्कोना लगायत पर्यटन क्षेत्रमा अब जीटीएले लछेप्रै विकास कार्य गर्नेछ भौतिक एवम आदर्भूत विकास समेतबाट बन्चीत रहेको सिटोंग, लाठपन्चर साथै मंग्पूको संगम स्थल जोगीघाट र्यांगटारमा शुरु भएको ६ दिवशीय कृषि मेलाको उदघाटन गर्न आइपुगेका जीटीए प्रमुख बिमल गुरुङले उक्त मन्तब्य प्रकट गरे | तिनले आफ्नो सम्बोधनमा पहाडका कृषकहरु कृषि कार्यदेखि विमुख हुनथालेकोमा दु:ख प्रकट गर्दै अब पहाडका कृषकहरु जागरिलो हुन पर्ने साथै पहाडका कृषि-संस्कृति, गरिमालाई पुन; स्थापित गर्ने दिशामा जोड दिनपर्ने कुरा बताए| ६ दिनसम्म चल्ने मेला अवधि कृषकहरुलाई विभिन्न कृषिजन्य   उपदानहरु वितरण गरिने बताउँदै मेलामा सहभागिता दिइरहेको सम्बन्धित विभागहरु द्वारा प्रदान गरिने कृषि प्रशिक्षण शिविरहरुमा पनि भाग लिइ लाभ उठाउने कृषकहरुलाई आह्वान गरे |

 क्षेत्रीय सभासद रतन थापाको अध्यक्षतामा सम्पन्न भएको कृषि मेलालाई सम्बोधन गर्दै अद्यक्ष  गुरुङले मैले कटेरो  बनाएर बसेको ठाउँ जोगीघाटमा आज जीटीए मार्फत ६ दिने कृषि मेला सम्पन्न भइरहेको छ भने भोलिको दिनमा कृषि अनि पर्यटन क्षेत्र मार्फत यहाँ बिकासको मूल फुटने जनाए | जीटीए पहाडको  ढाचागत  बिकाश गर्ने साधन मात्र हो तर हाम्रो  मूल लक्ष्य गोर्खाल्याण्ड नै हो, भगवानले मलाई त्यस लक्ष्य सम्म पुग्ने शक्ति प्रदान गरुन| जीटीए कसैलाई काखी चेप्नको निम्ति  बनिएको होइन क्षेत्रीय बिकासको निम्ति र तल्लो दर्जाको खटि खाने आमा बाबाको नानीहरुलाई रोजगार दिलाउनको निम्ति बनिएको हो | उनले २६९ अस्थायी शिक्षक – शिक्षिकाहरुलाई स्थायीकरण गरिसकेको बताउँदै अब २००२ सालमा प्राथमिक शिक्षक नियुक्तिको निम्ति अन्तर्वार्ता बस्ने १२० जना शिक्षक – शिक्षिकाहरुलाई पक्षपात नगरी चाँड़ै नै रोजगार प्रदान गरिने  पनि तीनले बताए | गुरुङले जोगीघाट झोलुंगे पूललाई जीटीए मार्फत धरहोरको रूपमा संरक्षण गर्ने जनाए| जीटीए प्रमुखले केन्द्रीय सरकार समक्ष जीटीएलाई प्रतेय्क वर्ष २०० करोड होइन ४०० करोड रुपियाँ दसवर्ष सम्म को निम्ति दिन पर्ने माग गरेको जनाए | सिन्कोनालाई जीटीएबाट ३ करोड रुपियाँ अवनटीत भइसकेको अनि बन्द अवस्थामा रहेको मंग्पू कुइलेन कारखानालाई चाडै पुन: निर्माणको निम्ति शिलान्याश गर्ने बताए| माकपा र गोरामुमोको समयमा पक्षपात भएको लाब्दा, मंग्पू अनि सिटोंग लाठपन्चर समष्टिलाई जीटीए मार्फत बिकाश गर्न आफू सदैव तत्पर रहेको बताए | अन्य विभागबाट हालसम्म वृद्ध भत्ता  नपाएका ७० वर्ष भन्दा माथि पुगेका यस क्षेत्रका वृदहरुलाई १९ तारिख समापन कार्यक्रममा वृद भत्ता ५०० रुपियाँ गरेर वितरण गर्ने जनाए| अवसरवादीहरुलाई खबरदार गर्दै बिकाशको बाटोमा वाधा नपुराउने सबैलाई अपील गरे | गुरुङले मंग्पुमा केन्द्रीय विश्व विधालय निर्माण गर्ने   बताउँदै जोगीघाटदेखि राष्ट्रीय राजमार्ग जोड्ने रोड पनि चाडै बनिने बताए | क्षेत्रीय सभासद रतन थापा सित काँधमा काँध मिलाएर यस क्षेत्र बिकासको निम्ति सबै जनताले काम गर्न सक्नु पर्ने बताए |
 विशोर कार्की, अनित खाती, सुरेन्द्र थिंग अनि अर्पणा वाइबाले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि जीटीए कृषि विभाग सभासद कल्याण देवान, शिक्षा विभाग सभासद रोशन गिरी,स्वास्थ्य विभाग सभासद आशा गुरुङ लगायत सभासदहरु क्रमैले अनित थापा, नर्बुजी लामा, फुबी राई,महिन्द्र प्रधान, योगेद्र राई, प्रभा छेत्री अनि सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा, खर्सांग महकुमा अधिकारी रंजन शाह, खर्सांग खण्ड विकास अधिकारी पिनाकि सेनगुप्त, तक्दाह खण्ड विकाश अधिकारी एस्तर लेप्चा, विभागीय सचिवहरु बिएमओएच तक्दाह लगायत गन्य मान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो | 

कृषि भनेको नै कर्म हो | पहाडका कृषकहरुले कर्म गर्न छोडी सकेकोले पहाडको कृषि संस्कृतिलाई पुन जीवित गर्न साथै कृषकहरुको उन्नतिको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.