जोगीघाट कृषि मेलाको दोश्रो दिन

सिटोंग १५ जनवरी| संजीव छेत्री : हिजदेखि शुरु भएको १९ जनवरी सम्म चल्ने जोगीघाट कृषि मेला २०१३ को आज दोश्रो दिन मंग्पू लाब्दा  समष्टि सभासद रतन थापाको सभापतित्व अनि खर्सांग खण्ड बिकास अधिकारी पिनाकी सेनगुप्ताको मुख्य आतिथ्यमा सम्पन्न भयो | मेलामा उपस्थित जनसमुहले सांस्कृतिक सांगीतिक कार्यक्रमका आनन्द लिनका साथै विभिन्न विभागीय प्रदर्शन केन्दहरुबाट खेतीपाती, वागवानी, पशु पालन, स्वास्थ्य, पर्यटन अनि अन्य काम लाग्ने विषयहरुमा जानकारी साथै दबाईमूलो इत्यादी प्राप्त गरे | जिल्ला उद्योग केन्द्रका अधिकारी अनि प्रतिनिधिहरुले सेमिनार गरेर हस्त शिल्प एवम लघु उद्योग बारे जानकारी अनि सरकारी सहुलियत प्राप्त गर्ने विधिहरु उपस्थित मानिसहरुलाई बताए| लघु उद्योग महा  प्रवन्धक शुनिल चन्द्र सरकारले पत्रकारहरुलाई जानकारी गराए अनुसार लघु उद्योग विभागमा पन्ज्कृत उद्योगहरुले प्राइम मिनिस्टर इम्प्लोयमेन्ट जेनेरेशन प्रोग्रामबाट आर्थिक सहयोग प्राप्त गर्न सक्छन् साथै विभागले हस्त शिल्पीहरुलाई आर्टिसियन क्रेडिट कार्ड जारी गर्ने गरेको जस द्वारा हस्त शिल्पी अनि कारिगरहरुलाई सरकारी सहायता अन्तर्गत सब्सिडी लोनहरु प्रदान गरिने गरिन्छ | साथै वृद शिल्पीहरुलाई विभागले वृद भत्ता समेत प्रदान गर्ने तिनले जनाए| उक्त सेमिनारमा विभागीय प्रतिनिधिहरुले जैविक ग्यास, सौर्य उर्जा, लघु जल विधुत परियोजना, पवन उर्जा आदि बारे पनि जानकारी दिए | शुनिल चन्द्र सरकारले जानकारी दिए अनुसार उद्योग विभागले   जीटीएमा भविष्यमा लिने योजना अनि पदक्षेप बारे जोगाजोग चलिरहेको छ | तिनले भने सरकारी सहुलियतहरुबारे पहाडमा जागरुकताको कमी रहेको छ | जीटीएले यस प्रकारको मेला आयोजन गरी जन – जनमा प्रचार प्रसार गरिरहेकाले साधारण जनता  पनि उत्तिकै सहभागी बन्न आवशयक छ |
विभिन्न चेतनामूलक कार्यक्रमहरु पनि समाविष्ट आजको कार्यक्रमको प्रमुख प्रस्तुतीहरु मध्ये बिजुवा राम सिंह बाइङ राईको नेतृत्वमा किरात यायोक्खा संघ, झापा नेपालको पारो सिल्ली नृत्य, लोक गायक नर बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङको मादले गीत, सिटोंग ट्राइबल एम०एस०के० को मादले नृत्य, सदभावना उपसंघ रेशेप् ग्राम पञ्चायत, एकता उपसंघ लाब्दा ग्राम पंचायत आदिका नृत्यहरु रहेका थिए |
कृषकहरुलाई गाईको बाछी, बाख्राको पाठी, बिउ भाले, सुँगुरको पाठा इत्यादी पनि वितरण गरियो | साँझको कार्यक्रममा ब्रोकन फ्रीड्स ब्याण्ड, कालचक्र ब्याण्ड र मंग्पू सांगीतिक कला एकाईको सांगीतिक प्रस्तुतीहरु रहेको कार्यक्रमलाई विशोर छेत्री अनि अनित खातीले संचालन गरेका थिए |  

हिजदेखि शुरु भएको १९ जनवरी सम्म चल्ने जोगीघाट कृषि मेला २०१३ को आज दोश्रो दिन मंग्पू लाब्दा समष्टि सभासद रतन थापाको सभापतित्व अनि खर्सांग खण्ड बिकास अधिकारी पिनाकी सेनगुप्ताको मुख्य आतिथ्यमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.