जोगीघाट कृषि मेलाको दोश्रो दिन स्वरोजगार योजनालाई बिस्तार गर्न हेतु जिला उद्योग केन्द्र द्वारा सचेतना कार्यक्रम

मंग्पू | चन्दन खवास: जोगीघाट कृषि मेलाको दोश्रो दिन स्वरोजगार योजनालाई बिस्तार रुप दिनको निम्ति जिल्ला उद्योग केन्द्रको तत्वधानमा सचेत कार्यक्रम सम्पन्न भयो | कार्यक्रमको मुख्य उदेश्य जीटीए क्षेत्रका युवा जमातलाई स्वरोजगारको अवसर प्रदान गर्न रहेको थियो भने स्वरोजगार प्रति चासो राख्ने युवा एकाईलाई उद्योग केन्द्र मार्फत विभागीय जानकारी दिनु रहेको थियो अनि सहुलियतहरुको वृस्तित सुचना उपलब्ध गराउनु रहेको थियो | सचेत कार्यक्रममा विभागीय सहयोग संगसंगै उद्योगलाई संचालन गर्नको निम्ति केन्द्रीय अनि राज्य सरकारबाट प्राप्त लोंको जानकारी खर्सांग अनि दार्जीलिंग डीआईसीबाट आएका आईडीओ क्रमैले अग्नि प्रसाद तामांग, बीएस राना, सान्गेल लामा अनि प्रकास चन्द्र गोलेले दिए | विभागले दिएको जानकारी अनुसार स्वरोजगार प्रति इच्छुक युवाहरुले जिला उद्योग केन्द्रसित कुनै पनि समय जोगाजोग गरि विभागबाट प्राप्त सुविधा हरुको निम्ति आवेदन गर्न सक्नेछ | गोबर ग्यास, सोलार लाइट अनि हस्त शिल्पीको निम्ति अहिलेघरि विभागसित संचालन गर्नको निम्ति विभागीय लोंनको पनि प्रबन्ध गरिएको छ | इच्छुक युवाहरुले  उक्त उद्योग संचालन गर्न चाहे जिला उद्योग केन्द्रसित पंजीकरण गर्न पर्नेछ | नयाँ उद्योग संचालनको निम्ति इएम – १ फोरम भर्न  पर्नेछ भने अगावै संचालित लघु उद्योगकर्ताले इएम – २ फोरम भरेर पंजीकरण गर्न पर्नेछ साथै उक्त इएम – १ र इएम -२ मा पंजीकरण भए पस्चात विभागीय फाइदा उठाउन सोझै विभागसित सम्पर्क गर्न सक्नेछ| यसतै प्रकारले विभागले ६० वर्ष देखि माथिका कारिगरहरुलाई भत्ताको पनि चाँजो मिलाएको छ जसमा अहिले घरि जम्मा ७५ जनाले यी सहुलियतहरु जिला उद्योग केन्द्रबाट प्राप्त गरिरहेको छ | उक्त भत्ताको निम्ति विभागीय कार्ड होल्डर हुन जरुरी रहेको छ | यस्तै प्रकारले दोश्रो दिनको अन्य कार्यक्रमहरुमा कृषकहरुलाई गाई, बाख्रा, सुँगुर अनि कुखुराहरु वितरण गरियो | सांस्कृतिक कार्यक्रमलाई रोचक बनाउनको निम्ति किरात यायोखा सिल्ली नृत्यको निम्त नेपाल झापाबाट अतिथि कलाकारहरुको उपस्थिति रहेको थियो भने स्थानीय कलाकारहरु पनि नृत्य अनि गीतहरु प्रस्तुत गरे | आजको  कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभासद रतन कुमार थापाले गरेका थिए भने अ अन्य विभागीय उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो | संचालन अनित खाती अनि विशोर कार्कीले गरेका थिए | 

जोगीघाट कृषि मेलाको दोश्रो दिन स्वरोजगार योजनालाई बिस्तार रुप दिनको निम्ति जिल्ला उद्योग केन्द्रको तत्वधानमा सचेत कार्यक्रम सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.