मंग्पू | चन्दन खवास: दार्जीलिंग
पहाडको परिचय नै टी, टिम्बर
अनि टुरिजम आदिले दिने गर्छ
| टी अथवा चिया जो बन्द हुने
क्रममा सबै भन्दा अघि रहेको
छ भने टिम्बरको पनि अवस्था
दैनोदीन अति नै नाजुक हुँदै
गइरहेको छ | दिन प्रतिदिन रुख
कटाइले बन जंगलमा पूर्ण ह्रास
आइरहेको छ | अन्तमा रहेको टुरिजम
हो जो दार्जीलिंग पहाडको प्रमुख
आय स्रोत हो को प्रतिक पनि हो
| वर्तमानमा केन्द्र सरकार
र राज्य सरकारले पर्यटन विकाशलाई
विस्तार रुप दिन विभिन्न योजनाहरु
हातमा लिएको छ | यस्तै प्रकारले
गोर्खाल्याण्ड क्षेत्रीय
प्रशासनले पनि जीटीए क्षेत्र
भित्रका सम्पूर्ण भेकहरुमा
इको – टुरिजम अनि ग्रामिण पर्यटनलाई
बढवा दिनको निम्ति धेरैवटा
योजनाहरु हातमा लिएका छन् भने
थुप्रै ठाउँमा पर्यटन बिस्तारको
योजना कार्यरुपमा भैरहेको
छ | जोगीघाट कृषि मेलामा पनि
पर्यटन बिस्तारको निम्ति पर्यटन
विभागले विभागीय जानकारीको
निम्ति विभागीय सुचना केन्द्रहरु
राखिएको छ | मंग्पू लाब्दा अनि
सिटोंग लाठ पन्चर समष्टिलाई
पनि पर्यटनको मानचित्र भित्र
अंतर्भुक्तिको निम्ति गोर्खाल्याण्ड
क्षेत्रीय प्रशासनका मुख्य
कार्यपाल बिमल गुरुङ स्वयंले
कृषि मेलाको प्रथम दिन नै घोषणा
गरिसकेका छन् | यसैको फल स्वरूप
भोलि पर्यटन विभागले पर्यटन
विषय बिशेष सचेतना कार्यक्रमको
पनि आयोजन गरेको छ | पर्यटन विभागले
उक्त सचेतना कार्यक्रममा दार्जीलिंग
पर्यटनको विगत, वर्तमान र
भविष्य बारे जानकारी दिनेछ
भने यो कार्यक्रमको मुख्य उदेश्य
यस क्षेत्रलाई पर्यटन विकाश
हेतु विभिन्न प्रकारको सुचना
एवम जानकारी दिनुरहेको छ भने
पर्यटन प्रति चासो राख्ने इच्छुक
युवा एकाईले कार्यक्रममा भाग
लिइ भावी दिनमा पर्यटन विस्तार
गर्ने सुनौलो अवसर साथै यस
विषयमा थप जानकारीहरु पनि प्राप्त
गर्न सक्नेछन् |

Post a Comment
We love to hear from you! What's on your mind?