मंग्पू साहित्य परिषदको नयाँ समिति गठन

मंग्पू १६ जनवरी | केशर मोक्तान: स्थानीय शारदा माध्यमिक विधालय, मंग्पूमा मंग्पू साहित्य परिषदको सभा संघ कै सभापति कविवर मोहन ठकुरीको अध्यक्षतामा सम्पन्न भयो | सभामा सचिव कविवर / कथाकार उदय थुलुंगले विगत कार्यक्रम र संघको सिथिलता बारे प्रकाश पारे | संघको स्थापना देखि २२ वर्षको अन्तरालमा केवल ५ वर्षको लागी मात्र कविवर शरद रावत, सचिव पदमा आएका थिए | मंग्पूको वर्तमान साहित्यिक गतिविधिमा निकुन्जिका साहित्य प्रकरण ११ सम्मको निरन्तरतामा अविनाशी कला संघले जोडको योगदान अति सराहनीय छ भन्ने स्पष्ट पारे |
२३ दिसम्बर १९९० मा स्थापित उक्त संघको सभापतिको भार सम्हालेको २२ वर्ष नाघिसकेको र उक् पदमा छुटकारा पाउन पर्ने आग्रह सभाधय्क्ष मोहदयले जनाए | आजसम्मको अनुभवमा विगतका केही अवधिसम्म मंग्पू साहित्य परिषदको कार्यमा निश्कृयता देखिएतापनि सर्जकहरुको परिपेक्ष्यमा मंग्पू मलिलै रहेको तथ्य हालमा दिल्ली अकादमीले पुरस्कृत गरेको हाम्रा कविवर उदय थुलुंगको “ एकान्तबास” को उदाहरण दिए अनि सभाको प्रस्ताव अनुसार पूर्व समिति विघटनको घोषणा गरियो |
नयाँ समिति गठनको निम्ति आजको चुनावी सभामा सभाधक्ष्यको भार निबन्धकार ए० के० गुरुङलाई सुम्पियो |
मंग्पू साहित्य परिषदको पदहरुमा निम्नप्रकारले चयन गरियो :
सभापति ; ए० के० गुरुङ ,उप सभापति: शंकर मुखिया ,सचिव: दीप थापा ,सह – सचिव: १) सुभद्र बोम्जन  २) दुष्यंन्त रामुदमु ,कोषाधक्ष्य: एन० के० लामिछाने ,लेखापरिक्षक: देवलाल मोक्तान ,प्रचार प्रसार सचिव; सुजित थापा, सलाहकार  मोहन ठकुरी, उदय थुलुंग साथै ११ जनालाई कार्यकारी सदश्य/सदश्याको भार सुम्पिएर  २१ जनाको समिति गठन गरियो | मंग्पू साहित्य परिषदका प्रचार प्रसार सचिव सुजित थापाले जानकारी दिएका छन् | 

स्थानीय शारदा माध्यमिक विधालय, मंग्पूमा मंग्पू साहित्य परिषदको सभा संघ कै सभापति कविवर मोहन ठकुरीको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.