मंग्पू | चन्दन खवास: गोर्खाल्याण्ड दोश्रो चरणको आन्दोलन घोषणा आगमी १० मार्चको दिन हुने अडान पार्टी अध्यक्षको रहेको छ भने अबोप्रांत आन्दोलन हिंसात्मक हुने स्पष्ट संकेत पनि दिइसकेको छ | पार्टी अध्यक्षको उक्त घोषणा समय अनुरुप सही रहेको बताउँदै केन्द्रीय समिति युवा मोर्चा सदश्य उर्गेन सेर्पाले अब सम्पूर्ण युवा एकाईलाई गोर्खाल्याण्ड आन्दोलनको निम्ति मानसिक रुपले तयार रहनु पर्ने आह्वान गरेको छ | पार्टी अध्यक्षको घोषणा संग- संगै आन्दोलनलाई वृहत रुप दिन केन्द्रीय समिति युवा मोर्चा तयार रहेको जानकारी दिंदै सेर्पाले सम्पूर्ण युवाहरु पनि प्रत्येक क्षण आन्दोलनको निम्ति तत्पर रहन पर्ने अनि यो हामी निम्ति सठीक समय आएको बताएका छन् | जसरी युवाहरुले विगतको अहिंसात्मक आन्दोलनमा अनुशासनात्मक ढंगमा आन्दोलनलाई सफल तुल्याएका थिए भने यस पल्ट पनि युवाहरुले सिमा भित्र रहेर आन्दोलनलाई सफल पार्न जरुरी रहेको जनाए | पार्टी अध्यक्ष बिमल गुरुङको दिशा- निर्देशमा नै आन्दोलन हुने जनाउँदै पार्टी प्रमुखको दिशा निर्देशनमा युवा एकाईले भावी कार्यक्रम गर्न पर्ने पनि तिनले बताएका छन् | साथै अहिले सम्म युवा मोर्चाले अध्यक्षको निर्देशलाई पर्खेर बसेको अनि जुन दिन पार्टी प्रमुखले दिशा निर्देश गर्छ त्यही दिनदेखि नै युवा मोर्चा मैदानमा ओर्लिएको हुनेछ भनी जनाए | राज्य सरकारको कुटनीतिलाई सहि जवाब दिन युवा मोर्चा तयार रहेको बताउँदै अबको दोश्रो चरणको आन्दोलनलाई सफल पार्न युवा मोर्चा कुनै पनि हदसम्म जान सक्ने साथै उक्त आन्दोलनले कुनै पनि मोड लिन सक्ने संकेत दिए | यस पल्टको आन्दोलनले केन्द्र अनि राज्य सरकार दुवैलाई चेपारोमा पार्न सक्ने छाँट युवा मोर्चा केन्द्रीय समिति उर्गेन शेर्पाले दिएको छ |
अहिले दिल्लीमा रहेको धर्नाको कार्यक्रममा पनि युवा मोर्चा केन्द्रीय समितिको सहभागिता रहेको उनले जानकारी गराए भने अब प्रत्येक आन्दोलनमा पनि प्रत्येक युवा मोर्चाहरु तयार बसेर चिन्हारीको लडाईमा आवश्यकता परेको खण्डमा बलिदानको निम्ति तयार रहने उनको आह्वान छ |
Post a Comment
We love to hear from you! What's on your mind?