मङपु२३फरवरी(केशर मोक्तान): बिध्यालय परिवारले सभासद थापालाई स्कूलमा कम्प्युटर अभाव रहेको अवगत गराउदैं कम्प्युटरको चाजो मिलाइदिने आग्रह गरेका थिए भने गत बर्षको बिध्यलयको बार्षिक कार्यक्रममा स्थानीय सभासद रतन थापाले मङपु सरस्वती उच्चतर माध्यमिक बिध्यालयलाई कम्प्युटर प्रधान गर्ने बचन दिएका थिए | सोहि बचन अनुरुप हिज मङपु जोनको प्रतिनिधि मार्फत चारवाट कम्प्युटर सेट सरस्वती उच्चतर माध्यमिक बिध्यालयलाई प्रधान गरिएको छ | उक्त कम्प्युटर सेट मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री,सचिव रतन लामा,दा.ता.डु.प्लान.ले यूनियन सिन्कोना जोन सचिव गगन राई,पार्टी प्रतिनिधि बुद्ध कुमार थापा, भूपाल मोक्तान अनि हेमन्त कोठारीको बाहुलीबाट बिद्यालयका शिक्षकवर्गलाई प्रधान गरियो | मोर्चा मङपु जोन सचिव रतन लामाले उपस्थित बिध्यार्थीवर्गलाई सम्बोधन गर्दै सभासद रतन थापालाई एक नेताको रुपमा मात्र नचिनेर बिद्यार्थीवर्गले शुभचिन्तकको नातामा पनि उनलाई चिन्न जरुरी रहेको बताए | सभासद रतन थापाको नेतृत्वमा मङपुमा विकासको मूल फुटी रहेको आवगत गराउदै उनी बिध्यालयको प्रगतिको निम्ति सदैव साथमा रहेको कुरो सचिव लामाले जानकारी दिए | यसरी बिध्यालयलाई कम्प्युटर प्रधान गरेर जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद रतन थापाले सहयोग पुराए वापत सरस्वती उच्चतर माध्यमिक बिध्यालयका प्रधान अध्यापक एन.बी.छेत्रीले सभासद थापा अनि मोर्चा मङपु जोन प्रतिनिधिलाई आभार व्यक्त गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?