मङपुमा बलिदान दिवश पालन | मोर्चाले राष्ट्रिय राजमार्ग ३१ए मा शक्ति जुलुस प्रदर्शन गर्ने

मङपु८फरवरी(केशर मोक्तान) : आज मोर्चा मङपु जोनको तत्वाधानमा स्थानीय  नालीडाड़ामा जी.बी.राईको  अध्यक्षतामा बलिदान दिवश पालन गरियो समारोहको शुरुमा गोर्खाल्याण्डको आन्दोलन अवधिमा आजकै दिन ०८ जनवरी २०११मा शिब्चुमा हीद हुने गोर्खे सन्तान प्रति स्मरण गर्दे दुई मिनटको मौन धारण गरियो साथै प्रमुख  अतिथि अनि सभाध्यक्षको बाहुलीबाट हीद निता खवाशको तस्विर माथि खादार्पण गर्दे सभा शुरु गरियो | समारोहलाई सम्बोधन गर्दे जी.टी.ए. बन विभागका कार्यकारिणी सभासद रतन थापाले  भोली ९ फरवरी को दिन बंगाल सरकारको षड्यन्त्र  बिरुद्ध राष्ट्रिय राजमार्ग ३१ए हाइवे रम्बीमा लाब्दा मङपु समष्टिका सम्पूर्ण मोर्चा समर्थकहरुले गणतान्त्रिक पद्दतिमा शक्ति जुलुस प्रदर्शन गर्ने बताए | एकता शक्तिको परिचय बंगाल सरकारलाई देखाउनकै  निम्ति गणतान्त्रिक पद्दतिमा ३१ए हाइवेमा शक्ति प्रदर्शन गर्ने कुरो सभासदले जनाए | आज मुख्यमन्त्री ममता ब्यनरर्जीले यस क्षेत्रमा एल.डी.सी. गठन गरेर ठूलो भुल गरेको छ | राज्यका मुख्यमन्त्री ममता ब्यनरर्जी र नर्थबंगाल बिकाश मन्त्री गौतम देवका कारण  नै आज दार्जीलिङ वातावरण अशान्ती सृष्टि भएको थापाले बताए | यहाको जनतालाई राज्यका मुख्यमन्त्री ममताले एकापट्टी माया पनि गरेको जस्तो गर्दे अर्कोपट्टि कुट्दै गएको साथै दार्जीलिंगमा आएर मुख्यमन्त्रीले गोर्खाहरूको हृदयमा चोट पुर्याउने कार्य गरेको कारण नै पहाड़को महल बिग्रिएर गएको सभासद थापाले बताए | हामीले लेप्चा दाजुभाइलाई कदापी बिरोध गरेको होइनौं तर आज राज्यका सरकारले जुन चै परिस्थिति यहाँ सृष्टि गर्दैछ त्यो राम्रो भएको छैन र आज हामी सबैले यो कुरा  बुझ्न  आवस्यक छ यहाँ एउटा व्यवस्था चलाईरहेको कारण मुख्यमन्त्रीले अर्को व्यवस्था कसरी दिन सक्छ | आज मुख्यमन्त्रीले लेप्चा जातिलाई  एल.डी.सी. गठन गरेर गोर्खा जति माथि बिभाजन् गर्ने षड्यन्त्र गरिरहेको छ | भोली मोर्चाले डाकेको १२ घण्टे बन्दमा समस्थ सिन्कोना बगान,यानवाहन,दोकान पाठ साथै सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहने सभासद रतन थापाले बताए | उनले समष्टिका सम्पूर्ण जनता तथा पार्टिका कार्यकर्ता अनि भातृसंगठनका कार्यकर्ताहरुलाई एक सुत्रमा राष्ट्रिय राजमार्ग ३१ ए मा झरेर शक्ति प्रदर्शनमा गर्ने अपील  गरे | बिशोर छेत्रीले संचालन गरेको  सभामा मोर्चा मङपु जोन सचिव रतन लामाले स्वागत सम्भाषण राखे भने दा.ता.डु.प्ला.ले.यू सिन्कोना जोन केन्द्र समिति सचिव गगन राई,मोर्चा मङपु जोन उपाध्यक्ष जी.बी.राईले पनि सभालाई सम्बोधन गरे | सभामा मोर्चा मङपु जोन अध्यक्ष प्रदीप छेत्री नारी मोर्चा सचिवा सूर्यमणि राई लगायत पार्टिका शीर्ष नेतृत्व  उपस्थित थिए | आज बलिदान दिवशको अवसरमा समग्र सिन्कोना बगान बन्द रहे |

आज मोर्चा मङपु जोनको तत्त्वाधानमा स्थानीय नालीडाड़ामा जी.बी.राईको अध्यक्षतामा बलिदान दिवश पालन गरियो/

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.