मङपु सरकारी अस्पतालमा सुबिधा अनि असुबिधाहरु

Mungpoo Hospital
मङपु१५मार्च(केशर मोक्तान): मङपु सरकारी अस्पतालको देखरेख हालसम्म सिन्कोना अधिनस्त नै भइरहेको रहेको छ भने यस अस्पताललाई पनि जी.टी.ए को स्वास्थ्य बिभाग अधिनस्त अन्तर्भुक्त गरिए धेरै नै असल हुने थियो भनि स्थानीय जनताको भनाई छ | तथापी पहिलेको भन्दा हालमा अस्पतालमा धेरै नै सुधार आईरहेको बिरामीहरु बताउछन् | सिन्कोना बगान निर्देशक डा.जी.सी.सुब्बा साथै जी.टी.ए. क्षेत्रीय सभासद रतन थापाको पहलमा गत बर्ष १ फरवरी देखि मङपुमा एक जना असल र अनुभवी फिजीसियन डक्टर एस.के.गुरुङको नियुक्ति गरिए पछि आस्पतालमा धेरै नै सुधार आइरहेको छ | डा.गुरुङ संगै चार जना भन्दा अधिक तालीम प्राप्त अनुभावी नर्सहरुको पनि अस्पतालमा  नियुक्ति गरिएको कारण मङपु सरकारी आस्पतालमा हालमा बिरामीहरुले धेरै नै राहतको श्वास फेरेका छन् | बिशेष:यस अस्पतालमा अक्सीजनको व्यस्था गरिएको कारण धेरै जना म्रितुसह्यामा पुगिसकेका सिकिस्त बिरामीहरुले पनि  आफ्नो ज्यान बचाउन सक्षम बनेका छन् | हालमा डक्टर एस.के. गुरुङको निजि खर्चमा मङपु आस्पतालमा ई.सी.जी.मेसिन,फिजीयो थेयोरेपी मेसिन अनि प्लस अक्सीमीटर पनि उप्लब्ध गराइएको डाक्टर बताउछन् | यसरी मङपु सरकारी अस्पतालमा खुन जाच,मुत्र जाच संग संगै विकास तामांगद्वारा हात खुट्टा भाचिएको बिरामीहरुलाई उपचार गरिने भएकोले समस्त मङपुबासी अनि मङपूवरिपरिका गाउँवस्तीबासीहरुलाई धेरै नै सुबिधा भइरहेको छ | सिन्कोना बगानको पक्षबाट सोलार मेसिन साथै कम्पुटर पनि उप्लब्ध गराएको छ अनि यसले धेरै नै रोगीहरुलाई सुबिधा भइरहेको जान्नमा आएको छ | अस्पताल कृतपक्षले बिरामीहरुलाई ४५ प्रतिसत औषधि बितरण गरिएको बताए ता पनि बिरामीहरुले भने प्राय जसो औषधि बाहिरबाट नै किन्न पारिरहेको गुनासो ब्यक्त गरेका छन् | यस सरकारी आस्पताललाई सुधारमा ल्याउनको निम्ति  बगान पक्षले धेरै नै कोशिगरिरहेता पनि अझै  अस्पतालमा थुप्रै अशुबिधाहरु रहेका छन् | प्रकितिक प्रकोप तथा अन्य कारणले गर्दा आस्पतालमा बिधुत सर्वारह नभएको समय धेरै नै असुबिस्ता भइरहेको कारणले यहाँ एउटा ठुलो जेनेरेटर उपलब्द गराए आपतकालीन समयमा बिरामीहरुको सेवाको निम्ति धेरै असल हुनेछ | यस आस्पतालमा एक्सरे  मेसिन,यु.एस.जी. मेसिन लगायत अन्य थुप्रै कुराको अभाव रहेको डक्टर गुरुङ बताउछन् |

हालमा डक्टर एस.के. गुरुङको निजि खर्चमा मङपु आस्पतालमा ई.सी.जी.मेसिन,फिजीयो थेयोरेपी मेसिन अनि प्लस अक्सीमीटर पनि उप्लब्ध गराइएको डाक्टर बताउछन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.