सिन्कोना बगान सभासद गुरुङद्वारा बगान परिभ्रमण | ग्रुप.डी. श्रमिक पदोन्नती बिषयमा चर्चा

मङपु१६अप्रेल(निस): जी.टी.ए. सिन्कोना विभागका कार्यकारिणी सभासद  सामुएल गुरुङले हालमा सिन्कोना बगानको बिभन्न क्षेत्रहरुमा परिभ्रमण गरिरहेका छन् भने  हिज उनले बगान निर्देशक डा.जी.सी.सुब्बा अवि अन्य अधिकारीवर्गको साथमा मङपु रन्जुभेल्ली बगानको परिभ्रमण गरे | सिन्कोना बगान श्रमिकहरुको कर्मसंस्कृति हेरेर सभासद गुरुङले सन्तोष ब्यक्त गरे | सभासद गुरुङ सित सिन्कोना बगान ग्रुप. डी.श्रमिकबर्गको पदोन्नति बिषयमा जान्न चाहदा उनले अहिले यस बिषयमा कुनै पनि छलफल नभएको बताउदै “भाड़ै  नबसाली भात पकौछु” भनेर हुदैन पहिला यस बिषयमा ड्राफ्ट कमिटि बनाएर मात्र चर्चा परिचर्चा गर्न उचित रहने  उनले  बताए | प्रकिया अनुसार ड्राफ्ट कमिटिको निर्माण गर्ने अनि त्यस पछि मात्र पदोन्नति बिषय लिएर अघि बड़ने सभासद गुरुङले जनाए | यसरी मङपु कुलैन कारखानाको पुनःनिर्माण कार्य आगामी दुई महीना भित्र शुरु गर्ने उनले बताए | आफ्ना अधिकारिक भ्रमणमा आएका सभासद गुरुङले रङबी बीचकमान विभागको पनि परिभ्रमण गर्दै रंग्बी खोलाबाट मङपु कुलैन कारखानामा लगेको पानीको पाईपलाइन जीर्ण अवस्था रहेको कारण यसलाई पनि नवनिकरण गर्न पर्ने बताए | हाल आर.ए.डी.एफ.द्वारा  नवनिर्माण भईरहेको मङपु देखि तक्दा जोडने  सडकको कारण पनि यस पाईपलाइनमा धेरै नै धक्का पुग्ने भएको कारण यस बिषयमा सडक निर्मण पक्ष अनि स्थानीय सभासदसित वैठक बसेर पद्छेप लिने बगान निर्देसक अनि बगान अधिकारीगणलाई आदेश दिएको कुरो उनले जनाए | रोंगो अनि मङपुको सिन्कोना बगानहरुमा हालमा भ्रमण गरिरहेको  बताउदै अब चाड़ै मन्सोंग सिन्कोना बगानको पनि परिभ्रमण गर्ने बताए | सभासद गुरुङले सिन्कोना बगान उत्थानको निम्ति प्रत्यक श्रमिक कर्मचारीवर्गले कार्यसंस्कृति माथि ध्यान दिनु पर्ने आहवान गरे | उनले हालैमा एक सभालाई सम्बोधन गर्दै यस उध्योगलाई पुन:जीवित राख्न हामीले संकल्प शुरु गरेको छौ अनि यसमा केन्द्र सरकारले पनि सहयोग गर्न पर्ने अनि यस क्षण  राज्य सरकारले पनि आखा चिमेलेर बस्न नहुने बताउदै यहाको सर्वागिंग बिकाशको निम्ति राज्य सरकारले पनि सहयोग गर्न पर्ने सभासद सामुएल गुरुङले बताए | उनले बगानमा पुरुष श्रमिक कर्मचारीहरुको सहभागिता कम्ती रहेको अनि प्राय दिदीबहिनीहरु मात्र हसियाँ र कचिया बोकेर बगानमा गएको कुरा उल्लेख गर्दै दिदी बहिनीले मात्र यस उध्योग थाम्न नसक्ने बताए | यो संस्कार हाम्रो निम्ति दुर्भाग्यजनक रहेकोले जनाए | सबै सबै बी.एस.सी., एम.एस.सी.गरेका श्रमिक कर्मचारीवर्गको बगानमा सहभागिता हुन् जरुरी रहेको बताउदै बी.एस.सी.गरेको श्रमिकले पनि भोलिको दिनमा सिन्कोना उद्योगको मोडल तयार पारेरे देखाउनु पर्छ भनि बताए | बी.एस.सी.गरेको श्रमिककर्मचारीले पनि बगानमा फड़ाई गर्दैछ भने यो एउटा उधाराण हुनेछ | पड़ाई गरेर पनि बगानमा फड़ाई गर्नु जुन आत्मा सन्तुष्टी हुन्छ त्यो आत्मासन्तुष्टी बेग्लै हुन्छ यसैले सबैले एक भएर काम गरे मात्र सिन्कोना उध्योगको उत्थान हुने उनले जनाए |

जी.टी.ए. सिन्कोना विभागका कार्यकारिणी सभासद सामुएल गुरुङले हालमा सिन्कोना बगानको बिभन्न क्षेत्रहरुमा परिभ्रमण गरिरहेका छन् भने हिज उनले बगान निर्देशक डा.जी.सी.सुब्बा अवि अन्य

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.