सूचना एवं संस्कृति विभागलाई राज्यसरकारले जी.टी.ए.मा हस्तान्तरण गरिदिएको हुनु पर्छ - बिनय तामांग

Binoy Tamang in Mungpoo
मङपु९मई(केशर मोक्तान) सूचना एवं संस्कृति विभागलाई राज्यसरकारले जी.टी.ए.मा पूर्णरुपले झट्टै हस्तान्तरण गरेको हुनु पर्छ भनि आज स्थानीय मङपुमा आयोजित १५३औ रबीन्द्र जयन्तीलाई समारोहलाई सम्बोधन गर्दै सभासद बिनय तामांगले बताए | भारतको संस्कृति र भाषालाई उच्च शिखरमा पुराउने महान व्यक्ति कबि गुरुको जन्म जयन्ती सानो हुनु हुदैन यसलाई आगामी बर्ष देखि हामी भब्य रुपमा पालन गर्ने छौ | उनले आगामी बर्ष देखि विश्व कबि रवीन्द्रनाथको जन्म जयन्ती जी.टी.ए.को  एक पर्वको रुपमा भएर गएको हुनेछ भन्दै जी.टी.ए.लाई स्वतन्त्र  रुपमा राज्यसरकारले रबीन्द्र जयन्ती समारोह पालन गर्न दिएको हुनुपर्छ भनि बताए | विश्व कबि बसेको महान ठाउँको अवस्था आज अति नै सोचनीय रहेको बताउदै यस ठाउँ ऐतिहासिक धरोहर भएको कारण अझ  राम्रो सितले संरक्षण गरेको हुनु पर्छ | यस ठाउँलाई  राम्रो बनाउन जी.टी.ए.को पक्षबाट प्रोजेक्ट तयार पारेर केन्द्र अनि राज्य सरकारलाई पठाईएको बताउदै यसलाई  राज्य अनि केन्द्रले पनि स्वीकार गर्नु पर्ने बताए | एक दिन बिश्व कविको प्रतिमामा बत्ती बालेर र फूल मल चड़ाएर मात्र सम्मान भनिन्दैन उनलाई दैनिक सम्मान गर्न पर्छ | आउने भावीपिडीलाई उनले समाजलाई दिएको योगदानको निम्ति त्यस्तै वातावरण सृजना गरेको हुनु पर्छ | यस रबीन्द्र संग्राहलय भित्र पस्दा मानिसहरुलाई छुट्टै  आनन्द आएको हुनु पर्छ यहाँ १२ घण्टा नै रबीन्द्र संगीतको धुन बजेको हुनु पर्छ तब मात्र कविको सम्मान हुने बताए | खरसाङको गिद्दे पहाड़मा स्वतन्त्र सेनानी सुबास चन्द्र बोसको म्युजियम बनिएको छ तर हालमा त्यसको अवस्था पनि जीर्ण बन्दै गएको कारण उक्त म्युजियमलाई पनि राज्यसरकारले जी.टी.ए.मा हस्तान्तरण गरिदिएको हुनुपर्छ तब मात्र हामी त्यसलाई पनि संरक्षण गरि दिएको हुन्छौं भनि सभासद तामांगले बताए | राष्टीय पिता महात्मा गान्धीले पनि एक समय खरसाङ देखि सोनादा सम्म पैदल यात्रा गरेको इतिहास रहेको कारण यस राष्टीय राजमार्ग ५५(हिल कार्ड रोड)लाई पनि महात्मा गान्धी मार्ग राखिने  हामी केन्द्र अनि राज्यलाई अनुरोध गर्छौ उहाको नाम हालिदिए हामी उनीहरुप्रति गौरव सम्झिन्छुौ | उनले जी.टी.ए.देखि बाहिरको क्षेत्र डुवर्सको अलिपुरद्वार माथि बक्साडोरको जेलमा स्वतन्त्र सेनानी सुबास चन्द्रबोसलाई अंग्रेजहरुले २ नम्बर सेलमा तीन दिन सम्म कैदी बनाएर राखेको थिए भन्दै आज त्यस ठाउँको अवस्था खण्डहरु जस्तो भएको कारण अनि स्वतन्त्र सेनानीको सहिद बेदीको अवस्था पनि जीर्ण भएकोले उक्त एतिहासिक स्थललाई पनि राज्य सरकारले झट्टै सरक्षण गर्न जरुरी रहेको बताए |अन्त्यमा सभासद बिनय तामांगले यदि जी.टी.ए.लाई सम्पूर्ण भार सुम्पिए आज सम्म नभएको कबि गुरुको जन्मजयन्ती जी.टी.ए ले मनाएर देखाउने बचन दिए |

सूचना एवं संस्कृति विभागलाई राज्यसरकारले जी.टी.ए.मा पूर्णरुपले झट्टै हस्तान्तरण गरेको हुनु पर्छ भनि आज स्थानीय मङपुमा आयोजित १५३औ रबीन्द्र जयन्तीलाई समारोहलाई सम्बोधन गर्दै सभासद बिनय तामांगले बताए |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.