मङपुमा १५३वा रबीन्द्र जयन्ती पालन | मङपुका साहित्यकारहरुले पनि कविगुरुको कृतिहरु नेपालीमा अनुवाद गर्न अवश्यक

Sabhasad Ratan thapa in 153 Ravindranath tagore birth aniversary in mungpoo
मङपु:९मई(केशर मोक्तान): सूचना एवं संस्कृति बिभाग  प.बंगाल सरकार अनि जी.टी.ए.को सयुक्त तत्वाधानमा आज स्थानीय  रवीन्द्र भवनमा विश्व कवि रबीन्द्रनाथको १५३ वा जन्म जयन्ती सभासद रतन थापाको अध्यक्षतामा  भब्य रुपमा सम्पन्न भयो | समारोहको शुरुमा कविको प्रतिमामा प्रमुख अतिथि जी.टी.ए.सूचना एवं संस्कृति बिभाग सभासद बिनय तामांग,खरसाङ विधायक डा.रोहित शर्मा, जी.टी.ए. बन बिभाग सभासद रतन थापा,सिन्कोना बिभाग सभासद सामुएल गुरुङ  अतिरिक्त जिल्लापाल जुलिएना लेप्चा,खण्ड बिकाश अधिकारी एस्तर लेप्चा सिन्कोना बगान सहव्यस्थापक बिदुर कार्की अनि जे.साधा लगायत  अन्य गन्य-मान्य व्यक्तिको बाहुलीबाट कविको प्रतिमामा खदार्पण गरियो | सुदेन भुटियाले स्वागत सम्भाषण राखेको समारोहमा सांगीतिक कला एकाईका गायक पदम बराइलीले सरस्वती बन्दना प्रस्तुत गरे | दीप थापा अनि लाक्पा लामाले संचालन गरेको समारोहमा डा. भोजबहादुर गुरुङले बिश्वकवि रबिन्द्रनाथको जीवनी माथि वार्ता प्रस्तुत गरे | यसरी जी.टी.ए.साँस्कृतिक टोली,र मङपू क्षेत्र वरिपरि बिद्यालयका नानीहरुले सुन्दर नित्य प्रस्तुत गरे | भारतले मात्र होइन विश्वले नै  कबि गुरुलाई श्राद्ध गर्न पर्छ भन्दै विधायक डा.रोहित शर्माले राष्ट्रीय गीत माथि पनि कबि गुरुको देन रहेको बताए | रबिन्द्रनाथले नै महात्मा गान्धीलाई बापुको सम्बोधन गरेका बताउदै यदि सूचना एवं संस्कृतिक बिभागले पूर्ण रुपले जी.टी.ए.मा आए आगामी बर्ष विश्व कबि रबीन्द्रनाथको जन्म जयन्ती भब्य रुपमा पालन गर्ने बताए | यसरी सिन्कोना बिभाग सभासद सामुएल गुरुङले साहित्य क्षेत्रमा भारतलाई विश्व प्रसिद्ध गराउने रबिन्द्रनाथ महान व्यक्ति हुन् आज उनकै कारण स्वतन्त्र भारतका नागरीकहरुको निम्ति मङपु तीर्थस्थल बनेको छ भनि जनाए | मङपुका साहित्यक स्रष्टहरुले पनि रबीन्द्रनाथको कृतिहरु  नेपालीमा अनुवाद गर्न अवश्यक रहेको बताए | समारोहमा गायिका हिरा रसाइलीले रबीन्द्र संगीत नेपालीमा प्रस्तुत गरेर सबैलाई मन्त्र मुग्ध पारे  | अन्त्यमा सभाध्यक्ष रतन थापाले कविको जीवनी माथि दुई शब्द राखे पछि सूचना एवं संस्कृति बिभागका अधिकारी पासाङदोर्जी बलले सबैलाई आभार व्यक्त गरे |

सूचना एवं संस्कृति बिभाग प.बंगाल सरकार अनि जी.टी.ए.को सयुक्त तत्वाधानमा आज स्थानीय रवीन्द्र भवनमा विश्वकवि रबीन्द्रनाथको १५३ वा जन्मजयन्ती सभासद रतन थापाको अध्यक्षतामा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.