टिस्टा जलबिधुत परियाजना चरण ३ अनि ४ बाट प्रभावित परिवारलाई जी.टी.ए.को पक्षबाट पुर्नबासको व्यवस्था गरिने

मङपु: टिस्टा जलबिधुत परियोजन चरण तीनको निर्माणकार्य अन्त हुन् साथ यस परियोजनाको निम्ति बाधिएको टिस्टा बाधले उग्र रुप लिनको साथै हाइवेबासीको अस्तित्व दिनप्रतिदिन संकटमय बन्दै गईरहेको छ | बिधुत परियोजना द्वारा प्रभावित बन्ने हाइवेबासी जनताले रोजगारको वैकल्पिक ब्यवस्था र पुर्नबास व्यस्थाको मांग धेरै दिन देखि गर्दै आइरहेता पनि अहिले सम्ममा उनहरुको मांग पुरा नभएको जनगुनासो रहिआएको छ | जी.टी.ए.प्रमुख बिमल गुरुङले पनि मङपुमा आयोजित एक जनसभाबाट टिस्टा जलबिधुत परियाजना निर्माणको कारण हालमा टिस्टा नदीको भुड़ी फुलिएको व्यंग्य कस्दै पत्रकारहरुले पनि सम्पूर्ण हाइवेबासी जन्ताको हितमा कलम चलाउने अपील गरेका थिए साथै उनले त्यस जनसभाबाट नै हाइवेबासी जनताको हितलाई ध्यानमा राख्दै जी.टी.ए.पक्षबाट पनि झट्टै पहल गर्ने सुझाव दिएका थिए | यसरी बिधुत परियोजनाबाट प्रभावित बन्ने परिवारलाई जी.टी.ए.को पक्षबाट पुर्नबासको व्यवस्था गरिनको निम्ति झट्टै पहल गरिने भएको छ जसको निम्ति जी.टी.ए.का तीन सभासदगण क्रमैले डा.आर.बी.भुजेल,रमेश लामा,अनि रतन थापालाई लाई लिएर एक कमिटि गठन गरिएको जानकारी प्राप्त भएको छ | सभासद टोलीले टिस्टा जलबिधुत परियोजना ३ अनि ४ निर्माणकार्यबाट प्रभावित बन्ने क्षेत्रहरु जस्तै कलिझोड़ा,२९माइल,गेलखोला अनि टिस्टा बजारमा लगातार रुपमा परिभ्रमण गरिरहेको जानकारी सभासद रमेश लामाले दिएका छन | उनीहरुले आज पनि एन.एच.पी.सी.अधिकारी सित कलिझोड़ा अनि निम्बोंङ समष्टि क्षेत्रमा पनि परिभ्रमण गरे | परियाजनाले प्रभावित परिवारलाई झट्टै पुर्नवासको व्यस्था गर्नको निम्ति  लगातार रुपमा जी.टी.ए. सभासदगण अनि   एनएच.पी.सी.अधिकारीहरुसित बैठक भइरहेको जानकारी सभासद लामाले दिएका छन | कलिझोड़ाबाट11परिवार,  29माइलबाट42परिवार, गेलखोलाबाट19परिवार, अनि टिस्टा बजारबाट 6 परिवारलाई यथाशिग्र पुर्नबासको ब्यवस्था गर्नको निम्ति जी.टी.ए.ले पहल गरिरहेको र उनिहरुको पुर्नवास  निम्ति बन बिभागको जमीनहरु पर्ने भएकोले बन बिभाग अधिकारी सित  पनि वार्तालाप गरिरहेको सभासद रमेश लामाले पत्रकारहरुलाई बताएका छन | टिस्टा जलबिधुत परियाजना तीन अनि चार अन्तरगत प्रभावित बन्ने अनि परियाजनको कारण रोजगारबिहीन बन्नेहरुको निम्ति पनि क्रमैले उचित व्यस्था गर्नको निम्ति पनि जी.टी.ए.को माध्यमबाट पहल गरिरहेको रमेश लामाले जनाए | रेफ्टिंग ग्रुपको निम्ति रोजगारको व्यवस्था गरिदिन टिस्टा परियोजनाको ठाँउमा ठाँउमा पर्यटन स्थल निर्माण गरि स्टीम बोड अनि राईडीङ बोडहरु राखिदिने एन.एच.पी.सी.का अधिकारीहरुसित जी.टी.ए.को पक्षबाट मांग गर्दा उनीहरुले यस सर्तलाई मनिलिएको र रफ्टिंग ग्रुपलाई यी बोडहरुमा नै रोजगार दिने व्यवस्था भविष्यमा मिलाइने अनि त्यस पर्यटन स्थलहरुमा चिया अनि कफी दोकानहरु खोलेर गिटी कुटेर खाने श्रमजीवीहरुलाई पनि त्यस टी स्टलहरुमा रोजगार दिने पनि जी.टी.ए.को पक्षबाट पहल गर्ने योजना रहेको सभासद रमेश लामाले जनाए | हाल परियोजना निर्माणको कारण टिस्टा उल्टा बग्न थाले पछि हाईवेबासीको अस्तित्व दिनप्रतिदिन संकटमय हुन् थालेको कारण बर्खा मौसम शुरु हुन अघि नै उनीहरुलाई पुर्नबासको व्यवस्था झट्टै गर्न नितान्त अवश्यक देखिन्छ | 

टिस्टा जलबिधुत परियोजन चरण तीनको निर्माणकार्य अन्त हुन् साथ यस परियोजनाको निम्ति बाधिएको टिस्टा बाधले उग्र रुप लिनको साथै हाइवेबासीको अस्तित्व दिनप्रतिदिन संकटमय बन्दै गईरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.