सिटोङ र मंग्पू सिन्कोना बगानमाझ पूलको पुनर्निर्माण आवश्यक

Kunti Hanging Bridge, mungpoo
सिटोङ, अप्रेल (स्वर्णभूमि सम्बाददाता) : ‘उहिले घोडामा चाम्रा लादेर यहि बाटो मंग्पू कारखाना लान्थे’ – भन्छन अझैसम्म स्थानीय बुढा-पाका | ‘सिटोङ सरकारी सिन्कोना बगानको पुछारमा रियाङ खोलामाथि पुल थियो | कुन्ती पुल(Kunti Hanging Bridge) नाम थियो त्यसको | मंग्पू सिन्कोना बगान र सिटोङ सिन्कोना बगानमाझ सम्पर्कको सबैभन्दा सजिलो र छिट्टो माध्यम यहि पुल अनि बाटो थियो | मंग्पूपट्टिबाट लाब्दा सिन्कोना बगान हुँदै घोडा सडक आएको थियो र सिटोङ पट्टिबाट पनि’ – उहिलेका मानिस बताउँछन |
अहिले आएर सिटोङ  अनि मंग्पू दुवैतिरबाट सडक  खनेर उक्त ठाउँसम्म ल्याउने कार्य भइरहेको भए पनि सो पुरानो झोलुङ्गेपुल भने भत्किएर गइसकेको छ | एकसमय संलग्न क्षेत्रका मानिसहरुलाई यातायात गर्न साह्रै सुविधा दिएको उक्त लामो झोलुङ्गे पुल हाल दुइतिर जीपमात्र उभिएको छ | पुरानो उक्त पूल स्याहार सुसार नपाएरै आफै मकिन्दै-भत्किन्दै गएर नष्ट हुनपुगेको स्थानीय मानिसहरु बताउँछन | पुल भत्किए यता बर्खायाममा यातायात ठप्प हुने हुनाले मानिसहरु लामो दुरी तय गरेर राष्ट्रिय राजमार्ग ३१-ए निस्केर अथवा अन्य लामो विकल्प बाटो भएर हिड्नु पर्ने अवस्था उत्पन्न हुनेगरेको छ |
हाल आएर सिटोङ सिन्कोना विभागको तत्परतामा कुन्ती पुलसम्म कच्ची सडक खनेर ल्याइएको छ भने मंग्पू सिन्कोना बगानतर्फबाट पनि  सोहि ठाउँतिर ताकेर बाटो निर्माण कार्य उन्नतिमा रहेको छ | एवंरितले जिटीएद्वारा निर्माण हुने प्रस्तावित जोगिघाटदेखि ३१ – ए राष्ट्रिय राजमार्गसम्म पुग्ने सडकको निर्माण पनि त्यतैबाट भएर जाने हुनाले भत्किएको पूलको सट्टा नयाँ पक्कि पूल निर्माण हुनसके जनसाधारणलाई उक्त बाटो भएर आवतजावत गर्न सुविधा हुनसक्ने मानिसहरु बताउँछन | साथै दुवैतिर सिन्कोना बगान रहेकाले एकापस्तमा यातायात अनि ढुवानी गर्न समेत अत्यन्तै सुविस्ता हुनसक्ने हुनाले उक्त पूलको निर्माण आवश्यक देखिएको जनसाधारणको भनाइ रहेको छ |

सिटोङ, अप्रेल (स्वर्णभूमि सम्बाददाता) : ‘उहिले घोडामा चाम्रा लादेर यहि बाटो मंग्पू कारखाना लान्थे’ – भन्छन अझैसम्म स्थानीय बुढा-पाका | ‘सिटोङ सरकारी सिन्कोना बगानको पुछारमा रियाङ खोलामाथि पुल थियो | कुन्ती पुल(Kunti Hanging Bridge) नाम थियो त्यसको |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.