गैरसरकारी संस्था सूर्या फाउन्डेसनअन्तर्गत एजीवाई अनि बीवाईसीको उद्घाटन

Surya Foundation
सिटोङ,अप्रेल (स्वर्णभूमि सम्बाददाता): स्थानीय लोवर सिटोङ श्री मृत्युन्जय शिव मन्दिर प्रांगणमा मन्दिर सञ्चालन समितिका सभापति एस० एम० राईको सभापतित्व अनि भूतपूर्व शिक्षक एवम् उक्त मन्दिरका संस्थापक सभापति आर० डी० सुब्बाको प्रमुख आतिथ्यमा सुर्या फाउन्डेसन (Surya Foundation)अन्तर्गत आदर्श ग्राम योजना (एजीवाई) अनि भारत युथ क्लब (बीवाईसी)को बिधिवत उद्घाटन सम्पन्न भयो |
शुरुमा  सभापतिबाट दीप प्रज्वलनपश्चात नानीहरुले खुबै आकर्षक ढंगमा  गणेश बन्दना, गायत्री मन्त्रोच्चारण, स्तोत्र पाठ अनि सरस्वती - बन्दना प्रस्तुत गरेका थिए | स्थानीय बुजुर्ग अनि  मन्दिर सञ्चालन समितिका  कोषाध्यक्ष जे० बी० राई  बिशिष्ट अतिथि रहेका  आजको कार्यक्रम समारोहमा सुर्या फाउन्डेसनका तर्फबाट मणिपुरबाट क्षेत्रीय सेवा कार्यकर्ता (एसएफसी) राम कोइराला अनि कालेबुङबाट क्षेत्र कार्यकर्ता (एफसी) कमल दाहाल उपस्थित रहेका थिए | कार्यक्रममा कमल दाहालले उपस्थित अभिभावक अनि जनसाधारणलाई जानकारी गराएअनुसार सुर्या बल्ब उत्पादक कम्पनीका मालिक उद्योगपति जयप्रकाश अग्रवालले स्थापना गरेको सामाजिक गैरसरकारी संस्था ‘सुर्या फाउन्डेसन’ले आदर्श ग्राम अनि भारत युथ क्लब दुइ परियोजनाहरु परिचालन गर्ने गर्छ | आदर्श ग्राम योजनाअन्तर्गत बाल-बालिकाहरुलाई शिक्षाको माध्यमबाट संस्कारित तुल्याउदै उनीहरुको सर्वांगीण विकासमा सहयोग पुर्याइन्छ | आदर्श भारतको परिकल्पना साकार गराउन प्रत्येक गाउँ नै आदर्श ग्राम बन्नुपर्ने आवश्यकता रहेको हुनाले गाउँ गाउँमा आदर्श ग्राम परियोजना सञ्चालन गर्न आवश्यक रहेको तिनले बताए | उसरी नै भारत युथ क्लबअन्तर्गत किशोर-किशोरीहरुमा निहित खेल-कौशललाई प्रोत्साहन प्रदान गर्नका साथै विशेष प्रतिभावान विध्यार्थीहरुलाई राष्ट्रिय स्तरमा पुर्याउने व्यवस्था समेत गरिने गरिएको तिनले बताए |
सोहि बिषयमा थप जानकारी प्रदान गर्दै  राम कोइरालाले बताएअनुसार गाउँ-गाउँमा स्थापित यी दुइ परियोजना केन्द्रहरुले विध्यार्थीहरुलाई स्कुलपछिका बेलुकीको समयमा निशुल्क रुपमा शिक्षा साथै खेलकुदसम्बन्धि क्रियाकलापमा सहभागी गराउने छन भने दुवै परियोजनाअन्तर्गत चुनिएका सर्वश्रेष्ठ विद्यार्थीहरुले पूर्वोत्तर भारतस्तरीय शिविरमा अंशग्रहण गर्न सक्नेछन जसमा छानिएका प्रतिभावान बाल-बालिकाहरुलाई राष्ट्रिय स्तरको शिविरमा लगिन्छ | उक्त स्तरमा चयन भएका प्रबल प्रतिभावान विद्यार्थीहरुलाई गैरसरकारी संस्था सुर्या फाउन्डेसनको तर्फबाट दिल्लीस्थित आफ्नो छात्रबासमा राखेर निशुल्क शिक्षा एवम् अन्य तालिम प्रदान गर्ने प्रावधान रहेको तिनले बताए | बिगत बीस बर्षभन्दा पहिलेदेखि सामाजिक कार्य गर्दै आएको फाउन्डेसनको उल्लेखित परियोजनाहरु देशका धेरै गाउँ-गाउँमा सन्चालित भइरहेको अनि धेरै प्रतिभाशाली विद्यार्थीहरुले लाभ प्राप्त गरिरहेको तिनले जनाए |
आफ्नो बक्तब्य  पेश गर्दै मुख्य अथिति  आर० डी० सुब्बाले क्षेत्रका  नानीहरुमा देखिएको आध्यात्मिक संस्कार उल्लेखनीय रहेको  बताए | तिनले भने - संस्कारित  मानिसले मात्र उन्नति गर्नसक्छ | संस्कारविहीन मानिस पशुतुल्य हुन्छ | तिनले मन्दिरमा सञ्चालन भइरहेको शिशु शिक्षा केन्द्रका आचार्यहरूको प्रशंसा गरे भने अब झन सुर्या फाउन्डेसनको आदर्श ग्राम योजनाले नानीहरु थप लाभान्वित हुने विश्वास व्यक्त गर्दै फाउन्डेसनका प्रतिनिधिहरुलाई समय समयमा आएर हेरचाह गरिदिने अपिल गरे | नानीहरुको विकासमा अभिभावकको भूमिका सबैभन्दा ठुलो हुने बताउदै अभिभावक आफै तगडा मानसिकताको भए मात्र यस्ता परियोजनाको लाभ उठाउन सकिने भन्दै तिनले सबै अभिभावकहरुलाई सचेत बनिदिने आव्हान गरे |
कार्यक्रमको अवसरमा आफ्नो कुरा राख्दै सभापति एस० एम० राईले  समाजको उन्नतिमा सबैको भूमिका जरुरि हुने बताउदै अभिभावक  नै सर्वप्रथम जागरुक बन्नु  पर्नेमा जोड दिए | तिनले  हालै दिल्लीस्थित सुर्या फाउन्डेसनको मुख्य-कार्यालयद्वारा दिल्लीमा संचालित बीस दिने तालिम शिविरमा भाग लिएर आएका आदर्श ग्राम योजना  शिक्षकहरु कुन्दन राई, राजेन  शर्मा अनि  भारत युथ क्लब शिक्षक महेश राईलाई बधाई दिदै आफ्नो दायित्व सहि प्रकारले पालन गरिदिने अनुरोध गरे |
कार्यक्रमका मध्यमा युवाहरुले समुह गान  प्रस्तुत गरेका थिए भने  कमल दाहालले जानकारी  गराएअनुसार कालेबुङका इच्छे  बस्ती, बमबस्ती, काङकेबुङ, समालबुङ  लगायत दार्जिलिङ अनि  खरसाङका कतिपय स्थानहरुमा धमाधम आदर्श ग्राम योजना  अनि भारत युथ क्लबको उद्घाटन  साथै कार्य-कलाप शुरु भसकेको छ |

स्थानीय लोवर सिटोङ श्री मृत्युन्जय शिव मन्दिर प्रांगणमा मन्दिर सञ्चालन समितिका सभापति एस० एम० राईको सभापतित्व अनि भूतपूर्व शिक्षक एवम् उक्त मन्दिरका संस्थापक सभापति आर० डी० सुब्बाको प्रमुख आतिथ्यमा सुर्या फाउन्डेसन (Surya Foundation)अन्तर्गत आदर्श ग्राम योजना (एजीवाई) अनि भारत युथ क्लब (बीवाईसी)को बिधिवत उद्घाटन सम्पन्न भयो |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.