Roshan Giri Visits Kalijhora | सभासद रोशन गिरिद्वारा कालीझोरा परिभ्रमण

Roshan Giri
मङपु११मई(केशर मोक्तान): लाटपन्चर सिटोंग समष्टिका क्षेत्रीय सभासद रोशन गिरीले हालैमा आफ्नो समष्टि अन्तरगत पर्ने राजमार्ग ३१ए कालीझोड़ामा परिभ्रमण गरेको जानकारी मोर्चा शाखा प्रचार- प्रसार सचिव अजय दियालीले दिएका छन |  यस क्षेत्र लगायत २० माइल र कान्दुंगको निम्ति सिटोंग ग्रामपंचायत एकदमै टाड़ो पर्ने भएको कारण एक ग्रामपंचायत पनि कलिझोड़ा क्षेत्रमा राखिदिने स्थानीय पार्टी कार्यकर्ताहरुले मांग गर्दा यस बिषयमा सभासद गिरीले चाड़ै पहल गर्ने बताए | उनले यस क्षेत्रमा शैक्षिक संस्थानको पनि आवश्यक  रहेको कारण यसलाई पनि मध्यनजर राखी चाड़ै पहल गर्ने जनाए | यसरी कालीझोड़ामा मोडल स्कूल अनि स्वास्थ्य केन्द्रको पनि आवश्यकता  रहेको कारण त्यस विषयमा पनि चाड़ै पहल गरिदिने बताए | अर्कोतिर कालीझोड़ाबाट गोरामुमोमा जानेहरु कहिले पनि गोजमुमोको पार्टीका कार्यकर्ता नरहेको गोजामुमो शाखा प्रचार-प्रसार सचिव अजय दियालीले खण्डन गर्दै उनीहरु गोरामुमोमा जादाँ मोर्चालाई कुनै फरक नपर्ने जनाए |

Roshan Giri Visits Kalijhora | सभासद रोशन गिरिद्वारा कालीझोरा परिभ्रमण - लाटपन्चर सिटोंग समष्टिका क्षेत्रीय सभासद रोशन गिरीले हालैमा आफ्नो समष्टि अन्तरगत पर्ने राजमार्ग ३१ए कालीझोड़ामा परिभ्रमण गरेको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.