१०८ मंगलदासजी महाराजको २८ औं पुण्यतिथि पालन गरिने

OM- AUM
मङपु११मई(केशर मोक्तान): श्री कृष्ण प्रणामी  गीता मन्दिर रेसेप बिभाग  मङपुमा भोली १२ मई आइतबारको दिन १बजे दिउसो १०८ मंगलदासजी महाराजको २८ औं पुण्यतिथि पालन गरिने भएको छ | उहाँको पुण्यतिथिको अवसरमा मंगलसङगोष्ठी भब्यरुपमा सम्पन्न हुने जानकारी मन्दिर संचालन समतिका सचिव सुजीत थापाले दिएका छन | उक्त मंगलसङगोष्ठी कार्यक्रममा गुरुजी श्री मोहन.पी. आचार्य मंगल धाम कालेबुङ,लगायत पी.अर्जुन,सी.के.श्रेष्ठ,सुनील राई प्रणामी,क्षेत्रीय सभासद रतन थापा लगायत अन्य गण्यमान्य व्यक्तिहरु उपस्थित रहने भएको छ | ती व्यक्तित्वहरुले गुरुजीको शैक्षिक,समाजिक,धार्मिक तथा नारी उत्थान  साथै दुरदर्शी दृष्टिकोणकार्य माथि वार्ता प्रस्तुत गर्नेछन्  | यस पुनित अवसरमा श्री कृष्ण प्रणामी गीता मन्दिर रेसेप बिभाग मङपुले सबैलाई हार्दिक स्वागत गरेका छन |

श्री कृष्ण प्रणामी गीता मन्दिर रेसेप बिभाग मङपुमा भोली १२ मई आइतबारको दिन १बजे दिउसो १०८ मंगलदासजी महाराजको २८ औं पुण्यतिथि पालन गरिने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.