मोर्चा दार्जीलिंग बन्द दोश्रो दिनको असर मंग्पू अनि राजमार्ग ३१ ए

GJM bandh in mungpoo and NH 31 Highway
मङपु३०जुलाई(केशर मोक्तान): केन्द्र सरकारले तेलंगाना राज्य गठन गर्ने घोषणा  गर्न साथ यता छुट्टै राज्य  गोर्खाल्याण्डको मांगमा पनि आन्दोलन चर्किएर गएको छ | यसरी हिज देखि जी.टी.ए. क्षेत्रमा गोजमुमोले डाकेको ७२ घण्टा बन्दको दोश्रो दिन पनि मङपु क्षेत्रमा शान्तिपूर्ण साथ बित्यो | हिज राष्ट्रिय राजमार्ग ३१ए हाइवेमा वाहन अनि बाइक जलाउने कार्य भएतापनि आज त्यस्तो कुनै प्रकारको अप्रिय घटना भने घटेन हिज राजमार्गमा पथ अबरोध अवधि दश जना मोर्चा कार्यकर्ताहरुलाई पुलिसले पक्राऊ गरि नयिक हिरासतमा पठाएको छ | सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग ३१ए आज दिन भरि नै खुल्ला नै रहेता पनि यानवाहन चलाचल भने एकदमै कम्ती  देखियो फलत राजमार्गमा बन्दको पूर्ण असर पर्यो | आज हाइवेमा पिकेटिङ गर्ने मोर्चा समर्थकहरु नरहेता पनि वाहन चलाचल भने एकदमै कम्ती देखियो सिक्किम अनि बंगालका सरकारी वाहन बाहेक अन्य वाहन राजमार्गमा गुडेको देखिएन | राजमार्गमा हिज जस्तै आज पनि प्रेस,सैनिक,एम्बुलेन्स वाहन  बाहेक अन्य गाड़ीहरु कुदेको देखिएन | राजमार्गमा वहान चलाचल पूर्णरुपले ठप्प रहेको कारण कति जना  यात्रीहरु पैदल हिडेर नै रेल अनि हवाईको टिकट बोकेर सिलगुडी तर्फ गएको देखियो | मोर्चाले डाकेको बन्दको आज दोश्रो दिन पनि मङपु क्षेत्रमा शान्तीपूर्बक साथ बित्यो हिज जस्तै आज पनि पार्टी कार्यकर्ताहरुले  स्थानीय नालीडाड़ामा बिहान देखि बेलुकी सम्ममा नै पिकेटिङ गरे | आज मङपु जोनको आयोजनामा  मोर्चा समर्थकहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा नारा लगाउदै नालीडाड़ा देखि रेसेप बजार सम्म जुलस निकाले | जुलसमा पार्टी कार्यकर्ताहरुले वी.वान्ट गोर्खाल्याण्ड,छटौअनुसूची चाहिदैन, बंगालमा हामी बसदैनौ भन्ने नाराहरु लगाए | जुलसमा मोर्चा लाब्दा मङपु समष्टि सभासद रतन थापा,मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री,सचिव रतन लामा,नारी मोर्चा सभानेत्री मिरा दाहाल,सचिवा सूर्यमणि राई,युनियन सचिव गगन राई लगायत पार्टीका सम्पूर्ण भातृसंगठनका सदश्यहरु उपस्थितहरु भरि मात्रमा उपस्थित रहेका थिए | बन्दको दोश्रो दिन पनि सिन्कोना बगान,एन,एच,पी,सी, शैक्षिक तथा ब्यापारिक प्रतिष्ठान,यानवाहन अनि सरकारी तथा गैर सरकारी कार्यालय यस क्षेत्रमा पूर्ण रुपले बन्द रहयो | बन्द अवधी यस क्षेत्रमा दिनभरि नै पुलिस बल तैनाथ रहेको देखियो |

केन्द्र सरकारले तेलंगाना राज्य गठन गर्ने घोषणा गर्न साथ यता छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा पनि आन्दोलन चर्किएर गएको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.