मङपु६जुलाई(केशर मोक्तान): स्थानीय
लाब्दा विभाग अन्तर्गत तल्लो
गाउँ बलदेव मुखियाको बासस्थानमा
रतन अधिकारीको सभापतित्वमा
शिरुबारी,लाबरबोटे,कोठीधुरा,पेरूपबस्ती,
अनि पाख्रीन टोलको मोर्चा पार्टी
कार्यकर्ताहरुलाई लिएर एक
सभा सम्पन्न भयो | सभामा लाब्दा
मङपु समष्टिका सभासद रतन थापाकोदुरदर्शिता बिचारलाई शिरोपर
गर्दे यस क्षेत्रमा आगामी दिनहरुमा
बिकाशको क्रम सतह रुपमा भइरहने
भरोसा राख्दै सम्पूर्ण जनताले
सभासद्को पक्षमा एक भइ अघि
बढ्ने प्रण गरे | लाब्दा शाखा
युवा मोर्चा अध्यक्ष प्रकाश
राईले संचालन गरेको सभामा गत
दिनमा लाब्दा पाख्रीन टोलमा
भएको गोरामुमो सभामा यस क्षेत्रको
जनता कोहि पनि उपस्थीत नभएको
पार्टी कार्यकर्ताहरुले सभामा
बताए | बक्ताहरुले एक दुई जना
व्यक्तिहरुले आफ्नो स्वार्थको
लागी यस गाउँलको एकतामा फाटो
लेउने दुसप्रयास गरेको र लाब्दा
तल्लो गाउँलाई कलंकित गर्ने
षड्यन्त्र भएकोमा घोर बिरोध
जनाए | सभालाई सम्बोधन गर्दे
बलदेव मुखिया पनि आफ्नो वार्डमा
गाउँलेलाई भेला गरि आगामी आइतबार
हुने कमिटि गठनको सभामा व्यापक
रुपमा सदस्य भेला गर्ने बचनबदता
प्रकट गरे | अन्तमा सभापतिले
आफ्नो दुई शब्दमा गाउँको हितमा
आफू सधैँ लागी रहने र सबै एकभइ
बिकाशको गतिलाई अघि बढाउने
सुझाव राख्दै उपस्थीत सदस्यसदस्यहरुलाई
आभार व्यक्त गर्दे सभा अन्त
गरे |
लाब्दा विभागमा गोजामुमोको सभा सम्पन्न
06Jul2013
Post a Comment