भारतीय समाज जहाँ नारीहरुलाई देवीको रूपमा मानिन्छ त्यही देशमा आज हरेक क्षणमा बाल अपराध र महिलाहरु प्रति यौन उत्पीडनको घटना बारम्बार सुन्नमा आइरहेको पाइन्छ | " यत्र नार्यस्त: पुजनते तत्र रमन्ते देवता " - अर्थात जहाँ नारीहरुको पूजा गरिन्छ त्यहाँ देवताहरु पनि प्रशन्न रहन्छ भन्ने ऋषि मुनिहरुको कथन आज दन्त्य कथा मात्र बनेको छ | यो समाज र देश कै निम्ति एउटा सोचनीय र गम्भीर विषय बन्न पुगेको छ |
सन् १९८६ देखि नै बाल बालिका र महिलाहरुको समान रुपले सर्वांगीण विकाश हुन सकोस भनी मंग्पूमा " नेहरिका वुमेन्स वेलफेयर सोसाइटी(Nehrika Women's Welfare Society)को स्थापना भएको हो जुन सोसाइटीले विभिन्न समस्याहरुको सामना गर्दै समय - समयमा आफ्नो विविध कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ | हालै यस सोसाइटीले अखिल भारतीय महिला समिति, दार्जीलिंग शाखाको निर्देश एवम सुझाउमा कानुनी सचेतना कार्यक्रम मंग्पूमा सम्पन्न गर्यो जुन कार्यक्रम महिलाहरुको हितमा मात्र नभएर आम मानिसको हितमा पनि थियो | माननीय जज ए० के० कपदियाले महिलाहरु प्रति किन अपराध हुन्छ अनि अपराध देखि बाँच्न विभिन्न कानुनको जानकारी दिंदै लामो सारगर्भित वक्तव्य पेश गरे | यसरी नै जज शम्भु सरकारले हेल्थ क्लिनिक जस्तै प्रत्येक ग्राम पंचायतमा एक - एकवटा लिगल एड क्लिनिक(Legal Aid Clinic) खोल्ने सुझाउ राखे भने अन्य जजहरुले पनि यस्तै कानुनी सचेतना बारे आफ्नो गहकिलो वक्तव्यहरु पेश गरे | कार्यक्रमको सभापतित्व देविका मोक्तानली गरिन भने स्वागत संभाषण सचिवा सिनोरा प्रधान द्वारा गरिए साथै लिगल अवेरनेश कार्यक्रमको संचालन समिति कै सचिवा प्रमीला मुखिया अनि समिति कै सदश्य दासकी थापाले गरिन |
Post a Comment
We love to hear from you! What's on your mind?