मङपु२७जुलाई(केशर मोक्तान): आज गोजामुमो
मङपु जोनको आयोजनमा स्थानीय
रबीन्द्र भवनमा पार्टी अध्यक्ष
प्रदीप छेत्रीको सभापतित्वमा
शहीद दिवश पालन गरियो | समारोहको
शुरुमा प्रमुख अतिथि लाब्दा
मङपु समष्टि सभासद रतन
थापा अनि सभापति प्रदीप छेत्रीको
बाहुलीबाट शहीद बेदिमा दीप
प्रज्वलन गरे भने पार्टिका
अन्य कार्यकर्ताहरुले शहीदहरुलाई
स्मरण गर्दे खादार्पण गरे | कार्यक्रमलाई
सम्बोधन गर्दे सभासद रतन थापाले
छुट्टै राज्य गोर्खाल्याण्ड
आन्दोलनको निम्ति शहीद हुने
प्रमिला शर्मा,अक्बर लामा,बिकी
लामा,निता खवाश अनि बिमला राइलाई
स्मरण गर्दे गोर्खाल्याण्ड
आन्दोलन पूरा नभएको बताए साथै
छुटै राज्य प्राप्तीको निम्ति
गोर्खाल्याण्ड आन्दोलन जारी
रहेको बताए | छुट्टै राज्य गोर्खाल्याण्ड
प्राप्तीको निम्ति अहिले पनि
मोर्चाका शीर्ष नेत्रित्ववर्गले
केन्द्र सरकारका नेताहरु सित
वार्तालाप गरिरहेको बताए | सभासद
थापाले बिपक्षीहरु माथि प्रहार
गर्दे यहा विपक्षीहरुको
कुनै अस्तीत्व नरहेको बताए
साथै उनीहरुले गोर्खाल्याण्डको
कुरा गरेर सङ्गठनलाई दुर्बलता
बनाउने षड्यन्त्र मात्र गरिरहेको
आरोप लगाए लगाउँदै बिपक्षीहरुले पत्र
पत्रिकामा मात्र गोर्खाल्याण्ड
आन्दोलनको कुरा गरिरहेको कुरो
बताए | मोर्चा मङपु जोन सचिव
रतन लामाले संचालन गरेको शहीद
दिवश समारोहलाई सम्बोधन गर्दे
दार्जीलिंग तराई डुवार्स प्लान्तेशन
लेबर यूनियन सिन्कोना जोन सचिव
गगन राईले तेलेंगना छुट्टै
राज्य हुन्छ भने गोर्खाल्याण्ड
झट्टै छुट्टै राज्य हुनु पर्छ
भनि बताए | युवा मोर्चा मङपु
जोन सभापति दयानन्द राईले गोर्खाल्याण्डको
यात्रा यहा सम्म आइपुगेको छ
र यो एउटा बहुमूल्य समय हो र
अबको आन्दोलनमा युवाहरुले
भुल गर्नु हुदैन भनि बताए | युवा
मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको
निम्ति तिर्खाएको छ भनि उनले
गोजामुमो केन्द्र समितिलाई
सन्देश दिए साथै गोर्खाल्याण्डको
निम्ति प्राणको समेत आहुति
दिन तयार रहेको कुरा पनि उनले जनाए | अन्त्यमा
शहीदहरु प्रति श्रदान्जली
अर्पण गर्दे सभापतिले दुई शब्द
राख्दै कार्यक्रमको अन्त गरे |
मङपुमा शहीद दिवश पालन
27Jul2013
Post a Comment