"सिन्कोनामा पर्यटन" विषय लिएर दार्जीलिंग तराई डुवार्स प्लान्टेसन लेबर यूनियन सिन्कोना जोनको सभा

Cymbidium orchid park mungpoo
मङपु१६जुलाई(केशर मोक्तान): आज स्थानीय  पी.डब्लु.बंग्लो(Mungpoo P.W Bungalow) मा दार्जीलिंग तराई डुवार्स प्लान्टेसन लेबर यूनियन सिन्कोना जोन केन्द्र समतिको सभा यूनियन सभापति एवं जी.टी.ए. सभासद  गोपाल रुचालको सभापतित्वमा  सम्पन्न भयो | दार्जीलिंग तराई डुवार्स प्लान्टेसन लेबर यूनियन सिन्कोना जोन केन्द्रीय समिति सचिव गगन राईले आजको सभा बस्नुको मुख्य उद्श्य बारे  बोल्दै  सिन्कोनको अवस्था हेरेर सिन्कोनामा अब पर्यटनको संचालन  गरिने बारे छलफल रहेको कुरो बताए | यसरी सिन्कोना बगानमा ४५वटा अधिकारिवर्गको पद रहेता पनि १७ वाट पद रिक्त रहेको कारण उक्त अधिकारीवर्गको पदलाई चाड़ै पूरा गर्ने युनियनको मांग रहेको बताउदै उक्त बिषय साथै बगानको समस्यालाई लिएर आगामी १८ जुलाईको दिन यूनियन टोलीले जीटी.ए. सिन्कोना विभाग सभासद सामुएल गुरुङ,बगान निर्देसक डा.जी सुब्बा,सिन्कोना एक्जुकेटिभ डाइरेक्टर डनबसको लेप्चा सित बैठक बस्ने कुरो जनाए | हालमा सिन्कोना बोक्रा (चाम्रा)गत बर्षको टेण्डरमा नै बिक्री भईरहेको बताउँदै  हाला सम्म १२ कडोर रुपियाँको सिन्कोना बोक्रा बिक्री भईसकेको सचिवले जनाए | यसरी मङपु,रोंगो,मन्सोंग,लाटपन्चर र सिटोंङको १४ वाट सिन्कोना बगानमा रहेको कुलैनलाई भने मङपु कुलैन् कारखाना संचालन भए पछि पावडर बनाएर बिक्री गर्ने उनले बताए | १४ वटा सिन्कोना बगानमा हिडीरहेको अस्थायी श्रमिकलाई चाड़ै नै स्थायी गर्ने पनि यूनियन पहल रहेको बताए | आजको सभामा चारैवटा बगानबाट दार्जीलिंग तराई डुवार्स प्लान्टेसन लेबर यूनियन सिन्कोना जोनका सदश्य सदश्यवर्ग उपस्थित रहेका थिए |

आज स्थानीय पी.डब्लु.बंग्लो(Mungpoo P.W Bungalow) मा दार्जीलिंग तराई डुवार्स प्लान्टेसन लेबर यूनियन सिन्कोना जोन केन्द्र समतिको सभा यूनियन सभापति एवं जी.टी.ए.

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.