प्रख्यात मोबाइल नेटवर्क कम्पनी एयरसेलको मंग्पूमा अहिले सम्म एउटा पनि टावर नभएकोले सम्पूर्ण मंग्पूको आधा उपभोक्ताहरु नै शेल्पूमा राखिएको एयरसेलको टावरमा भर पर्ने गर्छ भने त्यस टावरबाट प्रसारित नेटवर्क पनि प्राय: जसो नै गडबड हुने गरेकोले मंग्पूका एयरसेल उपभोक्ताहरुले पाउन सम्मको दु:ख पाएको गुनासो छ |
दिनभरि नै नेटवर्क घरि एउटा धरका पनि नहुने, घरि सामान्य हुने क्रमले गर्दा उपभोक्ताहरुले चाहेको समयमा फोन गर्न नसकेको गुनासोहरु बताएका छन् | मंग्पूदेखि बाहिरबाट आएका कतिपय आफन्तहरुले नेटवर्कको यस्तो अवस्था पाउँदा सम्बन्धित स्थानलाई नै नकारात्मक संज्ञाहरु दिने गरेको पनि जन गुनासो रहेको छ |
कुनै समय हप्ता – पन्द्रह दिनसम्म नै नेटवर्क ठप्प हुने अनि विध्युत काटिएको समयमा कुनै वैकल्पिक उर्जा साधनबाट पुन: प्रसारण नगरिने अनि जबसम्म विध्युत सर्वाह हुँदैन तबसम्म नै नेटवर्क पनि काटिने गरेकोले एयरसेल उपभोक्ताहरुले धेरै नै दु:ख झेल्न परिरहेको छ |
यति मात्र नभएर फेसबुक र ट्वीटरको जमानामा इन्टरनेटबाट नै आफ्नो काम गर्नपर्ने धेर जसो उपभोक्ताहरुले यस टावरबाट प्रसारित एयरसेलको टु – जी डाटा पनि पहिलेको तुलनामा अनि अन्य स्थानहरुको तुलनामा एकदमै धिमा भएको गुनासोहरु पोखेका छन् |
स्मरण गराइन्छ कि मंग्पूमा राखिएको अन्य मोबाइल नेटवर्क कम्पनीका टावरहरु सबैनै यहाँको बजार क्षेत्रमा राखिएकोले बजार छोडेर गाउँ – बस्ती लगायत बिशेष: गरी लाब्दा,सुन्तले अनि मंग्पूर विभागमा अन्य कम्पनीहरुको नेटवर्क नै प्राय: शुन्य रहेको हुँदा यही एयरसेल नेटवर्कमा नै भर पर्नुपर्ने हुन्छ भने उक्त नेटवर्क पनि यसरी गडबडी हुँदा उपभोक्ताहरु निराश भएका छन् | कतिपय मानिसहरुले यहाँको नालीडांडामा एउटा मोबाइल नेटवर्क टावर राखिदिएमा मंग्पूको सबै क्षेत्रहरुमा नै नेटवर्कको कमी हुने थिएन साथै सम्बन्धित कम्पनीहरुले चाँडो यो समस्याको समाधान गरिदिए जनहितमा हुने थियो भन्ने गुनासो साथै सुझाउहरु पेश गरेका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?